पोर्चुगलजस्ता देशमा राजदूतावास स्थापना गर्न पहल गर्छु : एनआरएनए अध्यक्षका उम्मेदवार शर्मा « Khabarhub

पोर्चुगलजस्ता देशमा राजदूतावास स्थापना गर्न पहल गर्छु : एनआरएनए अध्यक्षका उम्मेदवार शर्मा


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दोहा- गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका राजेन्द्रकुमार (आरके) शर्माले ६ महिनाभित्र पोर्चुगललगायत नेपालीको जनसंख्या बढी भएका देशमा नेपाली राजदूतावास स्थापना गर्न पहल गर्ने बताएका छन् ।

एनआरएनए पोर्चुगलका प्रतिनिधिसँग लिजवनमा आयोजित अन्तरक्रियामा उनले राजदूतावास स्थापना गर्न पहल गर्ने बताएका हुन् ।

नेपालीहरूका धेरै समस्याहरू समाधानका लागि राजदूतावास आवश्यक भएकाले ६ महिनाभित्र स्थापना गर्न आफ्नो ठाउँबाट सक्दो भूमिका निभाउने उनको प्रतिबद्धता थियो ।

‘पोर्चुगलका नेपालीले भोग्दै आएका समस्याबारेमा मलाई सबै थाहा छ । ८० दिनअघि गएको जुलाईमा तपाईंहरूसमक्ष यहीँ लिजवनमा छलफल गरेको थिएँ,’ एनआरएनएका वर्तमान उपाध्यक्षसमेत रहेका शर्माले भने, ‘यो बीचमा ७ पटक नेपाल गएर प्रधानमन्त्री, परराष्ट्र र श्रममन्त्रीलाई भेटेर पोर्चुगलमा राजदूतावास खोल्न आग्रह गरेको छु, अब ६ महिनाभित्र स्थापना गर्नको लागि मैले सक्दो सबै पहल गर्नेछु ।’

राजदूतवास नहुँदा पोर्चुगलका नेपालीलाई कागजातलगायतका काम गर्न मुख्य समस्या भएको बताउँदै शर्माले राजदूतावास खोल्नका लागि सरकारसमक्ष माग राख्दै काठमाडौंमा धर्ना बस्न पनि आफू पछि नहट्ने बताए ।

पोर्चुगलमा पछिल्लो समय धेरै नेपाली भित्रिएसँगै विभिन्न समस्या थपिँदै गएको तथा निधन भएकाको शव नेपाल पठाउन पनि आर्थिक समस्या पर्दै आएकोबारे जानकार रहेको भन्दै शर्माले आफू अध्यक्ष निर्वाचित भएमा आधा रकम एनआरएनए केन्द्रले बेहोर्नेसमेत प्रतिबद्धता जनाए ।
परदेशमा रहेका सबै नेपालीको साझा र एकताबद्ध एनआरएनए बनाउन आफू लागिपर्ने उनको प्रतिबद्धता थियो ।

शर्माले अध्यक्ष विजयी भएमा सदस्यता निःशुल्क गर्नेदेखि लिएर सबै पञ्जिकृत सदस्यले महाधिवेशनमा मतदान गर्नेसम्मका व्यवस्था गर्ने आफ्नो योजना रहेको सुनाए । नेपालका कृषि उत्पादन विदेशमा निर्यातदेखि नेपालमा लगानी प्राधिकरण गठन गर्ने र धेरै रोजगारी सिर्जना गर्न आफू लागिपर्ने उनको भनाइ थियो ।

युरोप भ्रमणमा रहेका शर्मा चेक रिपब्लिक,पोर्चुगल, स्पेन हुँदै माल्टा भम्रणमा पुगेका छन् । शर्माले माल्टापछि फ्रान्स र इटालीको भ्रमण गर्ने छन् ।

१७ अक्टुबरबाट काठमाडौंमा सरू हुने एनआरएनएको ११ औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार शर्मा मतदाता भेटेर मत माग्दै युरोपका विभिन्न देशको यात्रामा छन् । शर्माले कर्मभूमि कतारमा केही दिनअघि एक कार्यक्रममार्फत वाचापत्र सार्वजनिकसहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

शर्मा गैरआवासीय नेपाली अभियानमा सन् २००५ देखि सक्रिय छन । उनले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको सल्लाहकारदेखि आईसीसी सदस्य, मध्यपूर्व संयोजक र आईसीसी सचिव भएर काम गरेका थिए ।

नेपालको बागलुङ जिल्लामा विसं २०३८ साल मंसिर १३ गते मध्यम परिवारमा जन्मिएका शर्मा २० वर्षअघि अर्थात् सन् २००३ मा कतार पुगेका थिए । हाल उनी कतार र नेपालमा सफल नेपाली व्यवसायीका रूपमा परिचित छन ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ७ : २३ बजे

बाढीबाट प्रभावित पत्रकार/परिवारलाई महासङ्घको तत्काल रु एक लाख सहयोग

काठमाडौं- नेपाल पत्रकार महासङ्घले भोटेकोशी बाढीबाट प्रभावित पत्रकार तथा परिवारलाई

भारतले पठाएका थप ११ टन राहत सामग्री नेपाली पक्षलाई हस्तान्तरण

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावितलाई सहयोग गर्न भारतले पठाएका

रुसमाथि थप दबाब बढाउने विधेयकमा ट्रम्पको हस्ताक्षर

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्धका कारण रुसमाथि

राष्ट्रपति कार्यालयमा संविधान दिवसको विशेष समारोह (तस्बिरहरु)

काठमाडौं- संविधान दिवस (राष्ट्रिय दिवस) २०८३ का अवसरमा शनिबार राष्ट्रपति

असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कारले मात्र लोकतन्त्र बलियो हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले असहमतिलाई सम्मान गर्ने, आलोचनाबाट सिक्ने र