पोर्चुगलजस्ता देशमा राजदूतावास स्थापना गर्न पहल गर्छु : एनआरएनए अध्यक्षका उम्मेदवार शर्मा « Khabarhub

पोर्चुगलजस्ता देशमा राजदूतावास स्थापना गर्न पहल गर्छु : एनआरएनए अध्यक्षका उम्मेदवार शर्मा


१७ आश्विन २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दोहा- गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिएका राजेन्द्रकुमार (आरके) शर्माले ६ महिनाभित्र पोर्चुगललगायत नेपालीको जनसंख्या बढी भएका देशमा नेपाली राजदूतावास स्थापना गर्न पहल गर्ने बताएका छन् ।

एनआरएनए पोर्चुगलका प्रतिनिधिसँग लिजवनमा आयोजित अन्तरक्रियामा उनले राजदूतावास स्थापना गर्न पहल गर्ने बताएका हुन् ।

नेपालीहरूका धेरै समस्याहरू समाधानका लागि राजदूतावास आवश्यक भएकाले ६ महिनाभित्र स्थापना गर्न आफ्नो ठाउँबाट सक्दो भूमिका निभाउने उनको प्रतिबद्धता थियो ।

‘पोर्चुगलका नेपालीले भोग्दै आएका समस्याबारेमा मलाई सबै थाहा छ । ८० दिनअघि गएको जुलाईमा तपाईंहरूसमक्ष यहीँ लिजवनमा छलफल गरेको थिएँ,’ एनआरएनएका वर्तमान उपाध्यक्षसमेत रहेका शर्माले भने, ‘यो बीचमा ७ पटक नेपाल गएर प्रधानमन्त्री, परराष्ट्र र श्रममन्त्रीलाई भेटेर पोर्चुगलमा राजदूतावास खोल्न आग्रह गरेको छु, अब ६ महिनाभित्र स्थापना गर्नको लागि मैले सक्दो सबै पहल गर्नेछु ।’

राजदूतवास नहुँदा पोर्चुगलका नेपालीलाई कागजातलगायतका काम गर्न मुख्य समस्या भएको बताउँदै शर्माले राजदूतावास खोल्नका लागि सरकारसमक्ष माग राख्दै काठमाडौंमा धर्ना बस्न पनि आफू पछि नहट्ने बताए ।

पोर्चुगलमा पछिल्लो समय धेरै नेपाली भित्रिएसँगै विभिन्न समस्या थपिँदै गएको तथा निधन भएकाको शव नेपाल पठाउन पनि आर्थिक समस्या पर्दै आएकोबारे जानकार रहेको भन्दै शर्माले आफू अध्यक्ष निर्वाचित भएमा आधा रकम एनआरएनए केन्द्रले बेहोर्नेसमेत प्रतिबद्धता जनाए ।
परदेशमा रहेका सबै नेपालीको साझा र एकताबद्ध एनआरएनए बनाउन आफू लागिपर्ने उनको प्रतिबद्धता थियो ।

शर्माले अध्यक्ष विजयी भएमा सदस्यता निःशुल्क गर्नेदेखि लिएर सबै पञ्जिकृत सदस्यले महाधिवेशनमा मतदान गर्नेसम्मका व्यवस्था गर्ने आफ्नो योजना रहेको सुनाए । नेपालका कृषि उत्पादन विदेशमा निर्यातदेखि नेपालमा लगानी प्राधिकरण गठन गर्ने र धेरै रोजगारी सिर्जना गर्न आफू लागिपर्ने उनको भनाइ थियो ।

युरोप भ्रमणमा रहेका शर्मा चेक रिपब्लिक,पोर्चुगल, स्पेन हुँदै माल्टा भम्रणमा पुगेका छन् । शर्माले माल्टापछि फ्रान्स र इटालीको भ्रमण गर्ने छन् ।

१७ अक्टुबरबाट काठमाडौंमा सरू हुने एनआरएनएको ११ औं महाधिवेशनमा अध्यक्ष पदका उम्मेदवार शर्मा मतदाता भेटेर मत माग्दै युरोपका विभिन्न देशको यात्रामा छन् । शर्माले कर्मभूमि कतारमा केही दिनअघि एक कार्यक्रममार्फत वाचापत्र सार्वजनिकसहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।

शर्मा गैरआवासीय नेपाली अभियानमा सन् २००५ देखि सक्रिय छन । उनले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको सल्लाहकारदेखि आईसीसी सदस्य, मध्यपूर्व संयोजक र आईसीसी सचिव भएर काम गरेका थिए ।

नेपालको बागलुङ जिल्लामा विसं २०३८ साल मंसिर १३ गते मध्यम परिवारमा जन्मिएका शर्मा २० वर्षअघि अर्थात् सन् २००३ मा कतार पुगेका थिए । हाल उनी कतार र नेपालमा सफल नेपाली व्यवसायीका रूपमा परिचित छन ।

प्रकाशित मिति : १७ आश्विन २०८०, बुधबार  ७ : २३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै