नेपालमा दलित समुदायको संख्या १३.४ प्रतिशत « Khabarhub

नेपालमा दलित समुदायको संख्या १३.४ प्रतिशत


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय तथ्यांक कार्यालयले नेपालमा दलित समुदायको संख्या १३ दशमलव ४ प्रतिशत रहेको जनाएको छ । 

राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार काठमाडौंमा राष्ट्रिय जनगणना २०७८, दलित समुदायको तथ्यांक प्रस्तुति कार्यक्रमको आयोजना गर्दै नेपालमा पहाडी दलित समुदाय ८ दशमलव ६ प्रतिशत र तराई दलित समुदाय ४ दशमलव ८ गरि दलित समुदायको संख्या १३ दशमलव ४ प्रतिशत रहेको जनाएको हो । 

तथ्याङ्क अनुसार नेपालमा पछिल्लो जनगणना भएको मितिसम्म नेपालमा ३९ लाख ४ सय ६९ दलित समुदाय रहेका छन् । प्रदेशगत रुपमा सबैभन्दा बढि दलित समुदायको बसोबास कर्णाली प्रदेशमा २३ दशमलव ५ प्रतिशत रहेको छ भने सबै भन्दा कम बागमती प्रदेशमा ५ दशमलव ९ प्रतिशत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । 

त्यस्तै कोशी प्रदेशमा ९ दशमलव ७, मधेश प्रदेशमा १६ दशमलव ५, गण्डकी प्रदेशमा १८ दशमलव २, लुम्बिनी प्रदेशमा १४ दशमलव ४ र सुदूरपश्चिम प्रदेशमा १७ दशमलव ५ प्रतिशत दलित समुदाय रहेको कार्यालयले जनाएको छ । कार्यक्रममा राष्ट्रिय तथ्यांककार्यालयका प्रमुख तथ्यांकअधिकारी तोयम रायाले राष्ट्रिय जनगणनालाई हरसम्भव प्रभावकारी र तथ्यगत बनाउन खोजिएको बताए । आगामी दिनमा राष्ट्रिय तथ्यांकलाई सही बनाउनका लागि सबै जिल्लामा तथ्यांक कार्यालय र प्रत्येक स्थानीय तहमा एक जना गणक राख्नुपर्ने उनले बताए ।

कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधिहरूले तथ्यांक कार्यालयको प्रभावकारी बजाएमात्रै यकिन राष्ट्रिय तथ्यांक आउन सक्ने धारणा राखेका थिए । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार राष्ट्रिय जनगणना अनुसार नेपालमा १ सय ४२ वटा जात-जातिहरु रहेका छन् , जसमध्ये १२५ वटा राष्ट्रिय जनगणनाकै निरन्तरता स्वरुप रहेका र १७ वटा नयाँ जात-जातिका रुपमा थपिएका छन् । 

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ५ : ५० बजे

बुटवल मण्डपमा तस्बिर प्रदर्शनी : इतिहासलाई बुझ्ने अवसर

लुम्बिनी– नेपाल पत्रकार महासङ्घ रूपन्देहीले बुटवलमा आयोजना गरेको तस्बिर प्रदर्शनी

निर्वाचनबाट कांग्रेस भाग्दैन : शेखर कोइराला

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कांग्रेस निर्वाचनबाट नभाग्ने

वित्तीय सुशासनका लागि अनिवार्य विद्युतीय भुक्तानी : अर्थमन्त्री खनाल

पाटन– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले वित्तीय सुशासन कायम गर्नका लागि सरकारले

ससुरा अर्जुननरसिंहबारे गगनको स्पष्टीकरण : मेरो दबाबले समानुपातिक सूचीमा राखिएको होइन

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी नेता अर्जुननरसिंह केसीलाई