नेपालमा दलित समुदायको संख्या १३.४ प्रतिशत « Khabarhub

नेपालमा दलित समुदायको संख्या १३.४ प्रतिशत


१८ मंसिर २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय तथ्यांक कार्यालयले नेपालमा दलित समुदायको संख्या १३ दशमलव ४ प्रतिशत रहेको जनाएको छ । 

राष्ट्रिय तथ्यांक कार्यालयले सोमबार काठमाडौंमा राष्ट्रिय जनगणना २०७८, दलित समुदायको तथ्यांक प्रस्तुति कार्यक्रमको आयोजना गर्दै नेपालमा पहाडी दलित समुदाय ८ दशमलव ६ प्रतिशत र तराई दलित समुदाय ४ दशमलव ८ गरि दलित समुदायको संख्या १३ दशमलव ४ प्रतिशत रहेको जनाएको हो । 

तथ्याङ्क अनुसार नेपालमा पछिल्लो जनगणना भएको मितिसम्म नेपालमा ३९ लाख ४ सय ६९ दलित समुदाय रहेका छन् । प्रदेशगत रुपमा सबैभन्दा बढि दलित समुदायको बसोबास कर्णाली प्रदेशमा २३ दशमलव ५ प्रतिशत रहेको छ भने सबै भन्दा कम बागमती प्रदेशमा ५ दशमलव ९ प्रतिशत रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । 

त्यस्तै कोशी प्रदेशमा ९ दशमलव ७, मधेश प्रदेशमा १६ दशमलव ५, गण्डकी प्रदेशमा १८ दशमलव २, लुम्बिनी प्रदेशमा १४ दशमलव ४ र सुदूरपश्चिम प्रदेशमा १७ दशमलव ५ प्रतिशत दलित समुदाय रहेको कार्यालयले जनाएको छ । कार्यक्रममा राष्ट्रिय तथ्यांककार्यालयका प्रमुख तथ्यांकअधिकारी तोयम रायाले राष्ट्रिय जनगणनालाई हरसम्भव प्रभावकारी र तथ्यगत बनाउन खोजिएको बताए । आगामी दिनमा राष्ट्रिय तथ्यांकलाई सही बनाउनका लागि सबै जिल्लामा तथ्यांक कार्यालय र प्रत्येक स्थानीय तहमा एक जना गणक राख्नुपर्ने उनले बताए ।

कार्यक्रममा सरोकारवाला निकायका प्रतिनिधिहरूले तथ्यांक कार्यालयको प्रभावकारी बजाएमात्रै यकिन राष्ट्रिय तथ्यांक आउन सक्ने धारणा राखेका थिए । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार राष्ट्रिय जनगणना अनुसार नेपालमा १ सय ४२ वटा जात-जातिहरु रहेका छन् , जसमध्ये १२५ वटा राष्ट्रिय जनगणनाकै निरन्तरता स्वरुप रहेका र १७ वटा नयाँ जात-जातिका रुपमा थपिएका छन् । 

प्रकाशित मिति : १८ मंसिर २०८०, सोमबार  ५ : ५० बजे

दसैँ बिदामा पनि चितवन मेडिकल कलेजको विशेषज्ञ सेवा सञ्चालन हुने

नारायणगढ (चितवन)- चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालले दसैँ बिदामा

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपुर (नवलपरासी)- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र