जिपको ठक्करबाट बैतडीमा एक महिलाको मृत्यु « Khabarhub

जिपको ठक्करबाट बैतडीमा एक महिलाको मृत्यु


२२ चैत्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीमा जिपको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका–३ धौकुचे बस्ने ७५ वर्षीया गौरा नाथको जिपको ठक्करबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले बताए ।

सुदूरपश्चिम प्रदेश ०१००१ ज १२९४ नम्बरको जिपले गौरालाई गोकुलेश्वर–गन्ना सडकखण्ड अन्तर्गत धौंकुचेमा सडकमा हिँडिरहेका वेला आज ४ बजेतिर ठक्कर दिएको खत्रीले बताए । जिपको ठक्करबाट गौराको घटनास्थलमै मृत्यु भएको हो । 

जिप चालक डिलाशैनी गाउँपालिका–१ रोशन राना र जिपलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  ७ : १७ बजे

सानेपा पुगेर चन्द्र भण्डारीले भने, ‘यो उमेरमा देउवालाई छोराछोरीले नस्याहारेर कसले स्याहार्छ ?’

काठमाडौं- नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सानेपा पुगेर आफ्नै घर

‘रास्वपा संविधानको मूल संरचनामै प्रहार गर्न खोज्दैछ, मुलुक फेरि द्वन्द्वमा जान सक्छ’

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुन ‘अनन्त’ले

बाढीमा बेपत्ता नागरिकका परिवारलाई कानुनी अधिकारबाट वञ्चित नगर्न सांसदको माग

काठमाडौं-, १ असोजः सांसदहरूले भोटेकोशी तथा रसुवा बाढीमा बेपत्ता नागरिकको

भारतमाथि १०० प्रतिशतसम्म ट्यारिफ लगाउने ट्रम्पको योजनामा संसद्ले दियो साथ

वासिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलगायत रुसबाट ठूलो परिमाणमा

ट्रम्प सरकारले हुथी विद्रोहीसँग गोप्य सम्झौता गर्‍यो, साउदीका जहाजमाथिको आक्रमण भने नरोक्ने

वासिङ्टन डीसी– अमेरिकाले यमनका हुथी विद्रोहीसँग गोप्य सम्झौता गरेको रिपोर्ट