सर्वसाधारणलाई अस्थि धातु दर्शन गर्न खुला « Khabarhub

सर्वसाधारणलाई अस्थि धातु दर्शन गर्न खुला


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- स्वयम्भू आनन्दकुटी विहारमा रहेको अस्थि धातुलाई नगर परिक्रमा गराइएको छ । अस्थि धातु बुद्धको अन्त्येष्टिका क्रममा सुरक्षित राखिएको अवशेष हो । श्रीलङ्काले उक्त धातु यस विहारलाई केही वर्ष अगाडि उपहारस्वरुप प्रदान गरेको थियो ।

प्रत्येक तीन वर्षमा नगर परिक्रमा गराउने प्रचलनअनुसार आज त्यस क्षेत्रमा परिक्रमा गराइएको हो ।

अस्थि धातुलाई शिरमा राखी विहार परिसरबाट निकालेपछि स्वयम्भू परिक्रमा पथ घुमाइनाका साथै सोही विहारस्थित श्रीलङ्काराम चैत्यको पश्चिमपट्टि सर्वसाधारणको दर्शनका लागि आज दिनभर खुला गरिएको छ ।

विहारका प्रमुख भिक्षु धर्ममूर्तिले श्रीलङ्का सरकारको सहयोगमा नेपाल ल्याइएको अस्थि धातुलाई प्रत्येक वर्ष बुद्ध जयन्तीका दिन प्रदर्शनीमा राखिने भए पनि नगर परिक्रमा भने तीन वर्षमा एकपटक गराइने बताए । विहारले विश्व शान्ति तथा मानव कल्याणको कामना गर्दै विशेष पूजा पनि गरेको थियो ।

पूजामा सहभागी धर्मगुहरुले बौद्ध साहित्यका पवित्र धर्मग्रन्थको विधिपूर्वक पाठ गर्नाका साथै रुस र युक्रेनबीच भइरहेको युद्वमा ज्यान गुमाएका व्यक्तिको मोक्षको कामना गरेका थिए । कलहले अन्तर्राष्ट्रिय समुदायमा शक्तिको ध्रुवीकरणका साथै मानव समुदायमा अशान्ति फैलिएको अहिलेको अवस्थामा बौद्ध दर्शन र साहित्यको प्रवर्द्धनबाट हिंसा न्यूनीकरण हुने भिक्षु धर्ममूर्तिले विश्वास व्यक्त गरे ।

विश्व शान्ति तथा सम्पूर्ण प्राणीको कल्याणका लागि बौद्ध दर्शन, साहित्य र संस्कृतिको प्रवर्द्धन गर्नुपर्नेमा जोड दिँदै उनले बौद्ध साहित्यका माध्यमबाट विश्व शान्ति, सदभाव र भ्रातृत्वको शिक्षा संसारमा फैलाउन सकिने विचार व्यक्त गरे ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  २ : ४५ बजे

राष्ट्रपति लीद्वारा कोरियाली युद्ध अन्त्यका लागि उत्तर कोरियासँग वार्ताको प्रस्ताव

सियोल- दक्षिण कोरियाली राष्ट्रपति ली जे–म्युङले कोरियाली युद्धलाई औपचारिक रूपमा अन्त्य

प्रधानमन्त्री शाहले दिए भारतको स्वतन्त्रता दिवसमा शुभकामना

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा भारतीय

बसुन्धरामा उपभोक्ताको भीड, विभिन्न ब्रान्डका ग्यास वितरण (तस्बिरहरू) 

काठमाडौं – काठमाडौंको बसुन्धरामा शनिबार खाना पकाउने ग्यास लिन पुगेका

पार्टी फुट्ने आशंका निराधार : उपसभापति शर्मा

काठमाडौं– पार्टी फुट्ने आशंकालाई अस्वीकार गर्दै पार्टीका उपसभापति शर्माले पार्टीभित्र

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा