अपहरणमा परेका बालकको सकुशल उद्धार « Khabarhub

अपहरणमा परेका बालकको सकुशल उद्धार


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीको दुहबीबाट अपहरणमा परेका एक बालकको सकुशल उद्धार गरिएको छ ।

सुनसरीको दुहबी नगरपालिका–१२ बुगडरीमा गाई फार्म सञ्चालन गरेका बिन्देश्वर यादवको ११ वर्षे छोरा अपहरणमा परेका थिए । उनको भारतबाट नेपाल प्रहरीले सकुशल उद्धार गरेको हो ।

भारतीय समूहबाट अपहरणमा परेका बालकलाई भारतको समस्तिपुर एकडेरा एरियाबाट सकुशल उद्धार गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उनलाई इलाका प्रहरी कार्यालय दुहवी, जिल्ला प्रहरी कार्यालय सुनसरी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त गस्ती टोलीले उद्धार गरेको हो । तर, अपहरण गर्ने व्यक्ति भने पक्राउ परेका छैनन् । अपहरणकारीको पहिचान भइसकेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

भारतीय बीआर ०९ आर ०७९६ नम्बरको स्कारपिओ गाडीमा आएका पाँच जनाको समूहले गत आइतबार बालकको अपहरण गरेका र भोलिपल्ट भारतीय फोन नम्बरबाट वाट्सअपमार्फत २५ लाख भारतीय रुपैयाँ फिरौती माग गरिएको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ३ : ४६ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको