अपहरणमा परेका बालकको सकुशल उद्धार « Khabarhub

अपहरणमा परेका बालकको सकुशल उद्धार


२२ बैशाख २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


222
Shares
  • change font
  • change font
  • change font

सुनसरी– सुनसरीको दुहबीबाट अपहरणमा परेका एक बालकको सकुशल उद्धार गरिएको छ ।

सुनसरीको दुहबी नगरपालिका–१२ बुगडरीमा गाई फार्म सञ्चालन गरेका बिन्देश्वर यादवको ११ वर्षे छोरा अपहरणमा परेका थिए । उनको भारतबाट नेपाल प्रहरीले सकुशल उद्धार गरेको हो ।

भारतीय समूहबाट अपहरणमा परेका बालकलाई भारतको समस्तिपुर एकडेरा एरियाबाट सकुशल उद्धार गर्न सफल भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उनलाई इलाका प्रहरी कार्यालय दुहवी, जिल्ला प्रहरी कार्यालय सुनसरी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको संयुक्त गस्ती टोलीले उद्धार गरेको हो । तर, अपहरण गर्ने व्यक्ति भने पक्राउ परेका छैनन् । अपहरणकारीको पहिचान भइसकेको र उनीहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

भारतीय बीआर ०९ आर ०७९६ नम्बरको स्कारपिओ गाडीमा आएका पाँच जनाको समूहले गत आइतबार बालकको अपहरण गरेका र भोलिपल्ट भारतीय फोन नम्बरबाट वाट्सअपमार्फत २५ लाख भारतीय रुपैयाँ फिरौती माग गरिएको थियो ।

प्रकाशित मिति : २२ बैशाख २०८०, शुक्रबार  ३ : ४६ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको