बिहारमा गंगा नदीमा निमार्णाधीन चार लेनको पुल भाँच्चियो « Khabarhub

बिहारमा गंगा नदीमा निमार्णाधीन चार लेनको पुल भाँच्चियो


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

पटना – भारतको बिहारको भागलपुरमा गंगा नदीमा निर्माण भइरहेको पुल आइतबार तासको घर ढले जसरी भत्किएको छ।

सन् २०१४ मा बिहारमा मुख्यमन्त्री नितिश कुमारले शिलान्यास गरेको पुल दोस्रो पटक भत्किएको हो। सो पुल भत्केको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।

भिडियोमा देखिए अनुसार पुलको एउटा पिलरको ३० भन्दा बढी स्ल्याब गंगा नदीमा खसेको देखिन्छ। यो पुल निर्माणको जिम्मा निजी कम्पनीलाई दिइएको थियो।

गत ३० अप्रिल २०२२ मा यस पुलको पियर नम्बर ४०५ र ६ बीचको सुपर स्ट्रक्चर हावाहुरीले भत्काएको थियो। त्यसबेला पनि यो पुल निर्माण कार्यमा गम्भीर प्रश्न उठेको थियो।

प्राप्त जानकारी अनुसार सुल्तानगञ्जदेखि खगरिया बिच निर्माण भइरहेको यो पुल चार लेनको थियो। निर्माणाधीन यो पुलको सुपर स्ट्रक्चर खोलामा खसेको छ। हालसम्म प्राप्त जानकारी अनुसार यस घटनामा कसैको हताहत भएको जानकारी छैन। पुलको केही भाग खोलामा परेको देखेपछि घटनास्थलबाट केही दूरीमा उभिएका मानिसहरुमा  भागदौड मच्चिएको थियो।

बिहार सरकारले भागलपुरको गंगा नदीमा निर्माण भइरहेको पुल भत्किएपछि छानबिन गर्न आदेश दिएको छ। बिहार सरकारले जारी गरेको विज्ञप्तिमा अनुसन्धानका क्रममा पुल भत्किनुको कारण पत्ता लगाउने र दोषी पाइएमा कडा कारबाही गरिने उल्लेख गरिएको छ।

भागलपुरमा गंगा नदीमा निर्माण भइरहेको पुल भत्किएको विषयमा सञ्चारकर्मीसँग कुरा गर्दै बिहारका उपमुख्यमन्त्री तेजस्वी यादवले यस्तो पहिलोपटक नभएको बताएका छन्। उनका अनुसार सन् २०२२ मा पनि आँधीका कारण यसको माथिल्लो भाग खसेको जानकारी दिए।

‘त्यसबेला प्रतिपक्षमा हुँदा पनि हामीले प्रश्न उठाएका थियौं’ उनले भने। सो बेला सरकारले आईआईटी रुर्कीलाई छानबिनको जिम्मा दिएको थियो, जसमा धेरै सुझावहरु पनि दिईएको थियो, सोही सुझावका आधारमा केही निर्माण कार्य भत्काइएको थियो।

सो पुल भत्किए पछि भाजपाले मुख्यमन्त्री नितिश कुमारमाथि हमला सुरु गरेका छन। गंगामाथी भएको पुल भ्रष्टाचारको सिकार परेको भाजपाद्धारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  १० : २४ बजे

धानखेतीलाई आधुनिक बनाइनुपर्छ : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण धानखेतीलाई आधुनिक, व्यावसायिक तथा जलवायुमैत्री

उस्तै छ भविष्य खोज्न विदेशिनेको लर्को (तस्बिरहरू)

काठमाडौं– देशमा नयाँ सरकार आए पनि विदेशिने युवाहरूको लर्को उस्तै

बुढानीलकण्ठ विद्यालय प्रकरणमा विद्यालय र अभिभावक संगठनको स्पष्टीकरण, भ्रामक प्रचार नगर्न आग्रह

काठमाडौं– बुढानीलकण्ठ विद्यालयमा विद्यार्थीमाथि शारीरिक तथा मानसिक यातना दिइएको भन्ने

कृषि उत्पादन वृद्धि गरी आत्मनिर्भरतातर्फ अघि बढ्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कृषि उत्पादन वृद्धि गरी

जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी कृषिमा आधुनिकीकरण आवश्यक : राष्ट्रपति

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गरी