अमिताभ र धर्मेन्द्रकी 'अनस्क्रिन आमा' सुलोचनाको निधन | Khabarhub Khabarhub

अमिताभ र धर्मेन्द्रकी ‘अनस्क्रिन आमा’ सुलोचनाको निधन


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडकी दिग्गज अभिनेत्री सुलोचना लाटकरको ९४ वर्षको उमेरमा आइतबार राति निधन भएको छ।

गत मे ८ मा रेस्पिरेटरी इन्फेक्सन भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। सुलोचनाले सन् १९४० बाट फिल्मी करियर सुरु गरेकी थिइन्। उनले हालसम्म करिब २ सय ५० हिन्दी र मराठी फिल्ममा अभिनय गरिन्।

बलिउडमा उनले धर्मेन्द्र र अमिताभ बच्चनकी अनस्क्रिन आमाको रुपमा अभिनय गरेर चर्चा पाएकी थिइन्। उनको वास्तविक नाम नगाबाई थियो। प्रख्यात मराठी निर्देशक भालजी पेढारकरले उनलाई सुलोचना नाम दिएका थिए।

उनले १४ वर्षको उमेरमा कोल्हापुरका एक जमिन्दार आबासाहेब चव्हाणसँग विवाह गरेकी थिइन्। करियरको सुरुवातमा सुलोचनाले कैयौं हिन्दी र मराठी फिल्ममा प्रमुख अभिनेत्रीका रुपमा अभिनय गरिन्। यी फिल्ममा उनको अपोजिटमा अशोक कुमार, त्रिलोक कुमार र नाजिर हुसेनजस्ता कलाकारको अभिनय थियो। उनले आफ्नो करियरमा कैयौं प्रख्यात अभिनेता र अभिनेत्रीकी आमा अथवा हजुरआमाको भूमिकामा अभिनय गरिन्।

सन् १९६०देखि ९० को दशकको सुरुवातमा देव आनन्द, सुनील दत्त, अमिताभ बच्चन, धर्मेन्द्र र राजेश खन्ना जस्ता सुपरस्टारको आमाको भूमिकामा अभिनय गरिन्। उनले सन् १९९९ मा पद्मश्री र २००४ मा फिल्मफेयर लाइफ टाइम अचिभमेन्ट अवार्ड पाइन्। सन् २००९ मा महाराष्ट्र सरकारले उनलाई प्रतिष्ठित महाराष्ट्र भूषण अवार्ड प्रदान गरेको थियो।

उनले ‘आए दिन बहार के’, ‘गोरा और काला’, ‘देवर’, ‘जोनी मेरा नाम’, ‘मुकद्दरका सिकन्दर’, ‘तलाश ‘ र ‘आजाद’ जस्ता हिन्दी फिल्ममा अभिनय गरिन्। सन् २००७ मा रिलिज फिल्म ‘परीक्षा’ उनको अन्तिम फिल्म थियो।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  १० : ५० बजे

रवि लामिछानेको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबारे सर्वोच्च अदालतमा परेको

साउदीमा बन्धक ४६९ नेपालीको उद्धार कसले गर्ने ?

काठमाडौं– विदेशी भूमिमा बन्धक बनाइएका नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्रालय

प्रधानमन्त्री ओलीले दिए नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नकाे जवाफ (पूर्णपाठसहित)

काठमाडौं- सरकारले नीति तथा कार्यक्रममार्फत् ल्याएका नयाँ योजनाका बारेमा प्रधानमन्त्री

ओलीले भने– ढाँचा, गति र संस्कृति फेर्ने प्रस्ताव नयाँ छन्, यस्ता छन् ओली सरकारका नयाँ नीति

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममा विकासको

व्यस्त उपासना, कता गइन् आँचल ?

काठमाडौं – आँचल शर्मा अहिलको चल्तीकी नायिका हुन् । गत