यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ « Khabarhub

यौन दुर्व्यवहार गरेको आरोपमा एकजना पक्राउ


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जुम्ला तिला गाउँपालिका-९ रासा २३ वर्षीय  दिनेशकुमार राउत यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छन् । 

सामाजिक सञ्जाल टिकटक मार्फत पीडित महिलासँग साथी बनेर अनलाइन माध्यमद्वारा महिलालाई यौन दुर्व्यवहार  गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

पटक-पटक भेट्न बोलाउने र बोलाएको स्थानमा भेट्न नजाँदा फेक आईडीमार्फत अश्लील क्याप्सन राखी, अश्लील भिडियो तथा तस्बिर पोष्ट गरेर आफ्नो चरित्रहत्या गरेको भन्दै पीडित महिलाको उजुरीको आधारमा उनलाई आइतबार भक्तपुरबाट पक्राउ गरिएको हो । 

विद्युतीय कारोबार ऐन २०६३, अपराध अन्तर्गतको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले उनलाई पक्राउ गरेर सोमबार सात दिनको म्याद थपेर अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  ५ : ०७ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन