मेचीनगरमा बढ्यो बाँदर आतङ्क « Khabarhub

मेचीनगरमा बढ्यो बाँदर आतङ्क


२२ जेठ २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

झापा – जङ्गली हात्ती आतङ्कको सामना गरिरहेका मेचीनगरवासी पछिल्लो समय बाँदर आतङ्कबाट पनि हैरान भएका छन् । मेचीनगर नगरपालिका–७, ८, ११ र १२ का विभिन्न स्थानमा जङ्गलबाट हुलका हुल बाँदर खेतबारीमा पसेर बालीनाली नष्ट गर्न थालेपछि उनीहरू हैरान भएका हुन् ।

रातभरि स्थानीय क्षेत्रका सामुदायिक वनमा बस्ने बाँदर उज्यालो नहुँदै किसानले लगाएको अन्नबाली र फलफूल खान निस्कछन् । यतिबेला बारीमा पाकेको मकै, आँप, आरु र घरमा राखेको अन्नबाली बाँदरबाट स्थानीयवासीलाई जोगाउन समस्या भएको छ । “बारीका मात्र होइन घरभित्रै भण्डारण गरिएको अन्नबालीसमेत जोगाउन नसकिने अवस्था भइसकेको छ”, वडा नं ११ का वडाध्यक्ष योगेश भट्टराईले भने, “कानूनले बाँदर मार्न पाइँदैन । गाह्रो भयो ।” उनले स्थानीयवासीले लगाएको अन्न बाली खाएर बाँदरले हैरान बनाएपछि सामूहिकरूपमा हेरालु राख्ने अभियान चलाउने तयारी गरिरहेको बताए ।

उनले बाँदरको आतङ्कबाट जोगाउन स्थानीयवासीले वडासँगै सुरक्षा मागिरहेको बताए । डिभिजन वन कार्यालय झापाका डिभिजनल वन अधिकृत मेघराज राईले जिल्लामा बाँदर नियन्त्रणका लागि कुनै कार्यक्रम नभएको बताए । बाँदर नियन्त्रणका लागि अहिलेसम्म अपनाएका सबै उपाय दिगो नभएकाले कार्यालयले पनि कुनै ठोस कार्यक्रम नराखेको उनको भनाइ छ ।

सरकारले हात्ती, अर्ना, बाघ, भालु चितुवा, ध्वाँसे चितुवा, अजिङ्गर, हिमचितुवा, गौरीगाई, बँदेललगायत १४ वटा जनावरलाई हानिकारक जनावरको सूचीमा राखेको छ । जसका कारण बाँदरले किसानको अन्नबालीमा क्षति पु¥याए पनि राहत पाउने व्यवस्था नभएको उनले बताए । मेचीनगरमात्र होइन जिल्लाका अधिकांश पालिकामा बाँदरको समस्या छ ।

प्रकाशित मिति : २२ जेठ २०८०, सोमबार  १० : ३५ बजे

गगन नेतृत्वमा हुने अधिवेशनमा सहभागी नहुन शशांकको अपिल

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र विवाद

राष्ट्रिय सभामा निदाएको भिडियो भाइरल भएपछि महावीरले भने : म सुतुवा मन्त्री होइन

काठमाडौं – राष्ट्रिय सभाको बैठकमा निदाएको भिडियो सामाजिक सञ्जालमा भाइरल

होस्टलमा धारिलो हतियार प्रहारबाट प्यूठानका २२ वर्षीय युवकको मृत्यु, एक जना पक्राउ

काठमाडौं – काठमाडौंको शंखमुलस्थित भ्याली ब्वाइज होस्टलमा कुटपिटपछि धारिलो हतियार

गरिमालाई न्यायको माग्दै गोलबजारमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दशधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको