आज देशभर पानी पर्ने, पाँचवटा प्रदेशमा भारी वर्षा « Khabarhub

आज देशभर पानी पर्ने, पाँचवटा प्रदेशमा भारी वर्षा


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले देशभर मनसुनी  वायुको  प्रभाव रहेको जनाएको छ।

महाशाखाका अनुसार हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। देशका  केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।मधेश प्रदेश  र  लुम्बिनी  प्रदेशका  तराईका  थोरै  स्थानहरूमा  हावा हुरीको समेत सम्भावना रहेको छ।

राती भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा मेघगर्जनचट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।

देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एकदुई स्थानमा मेघगर्जनचट्याङ्गसहित  भारी  वर्षाको  समेत सम्भावना रहेको छ।

मधेश प्रदेश र लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना  रहेको छ । जसका कारण सडक तथा  हवाई  यातायात,  कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने महाशाखाको भनाइ छ ।

भारी  वर्षा,  मेघगर्जन  र चट्याङ्ग,  गेग्रान  बहाव,  बाढी,  पहिरो  तथा  भूक्षयका  कारण हुन सक्ने जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

 

 

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ६ : २८ बजे

भूमि व्यवस्था मन्त्रालयका कार्यक्रम कार्यालयभित्रै गर्नुपर्ने

काठमाडौँ– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतका सबै

म्याद गुज्रिएका ३० कार्टुन पेय पदार्थ बरामद

झापा– ‘हेल्लो सरकार’मा उजुरी परेपछि मेचीनगर नगरपालिका, जिल्ला प्रशासन कार्यालय

काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले महिलाले घाँटीमा लगाएको सिक्री लुट्दै हिँड्ने एक

कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – मंगलबार र बुधबार राति कोशी र गण्डकी प्रदेशको

दाङमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने

दाङ– दाङको लमहीमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको छ