‘मैथिली महाकवि विद्यापतिलाई पहाडसँग जोडनु पर्छ’ « Khabarhub

‘मैथिली महाकवि विद्यापतिलाई पहाडसँग जोडनु पर्छ’


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

सर्लाही– नेकपा एमालेका सचिव योगेश भट्टराईले मैथिली महाकवि विद्यापतिको योगदानबारे सबै नेपालीले बुझ्न आवश्यक रहेको बताएका छन् । 

सर्लाहीको हरिवनमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले मधेशमा मात्र नभएर पहाडी र हिमाली क्षेत्रमा विद्यापतिको महत्वबारे जानकारी दिनुपर्ने बताएका हुन् । ।

उनले भने, ‘मैथिली भाषामा महाकवि विद्यापतिको ठूलो योगदान छ, देशकै दोश्रो ठुलो भाषाका महान साहित्यकारलाई मधेशले मात्र हैन, हिमाल र पहाडले पनि सम्मान गर्नुपर्छ ।’ उनले मधेशमा भानुभक्त र पहाडमा विद्यापतिलाई उत्तिकै महत्व दिनु पर्ने बताए ।

हरिवन नगरपालिकाको ८ नम्बर वडाले वनवाटिकामा स्थापना गरेको पृथ्वी नारायण साह, बिपी कोइराला, पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको सालिक अनावरण गर्दै विद्यापतिको सालिक पनि अनावरण गर्न पाएको भए आफू अझ प्रफुल्लित हुने बताए ।

उनले नेपाल बहुभाषिक र बहुजातीय फूलबारी भएकाले मधेशको बारेमा पहाडमा र पहाडको बारेमा मधेशमा पर्याप्त जानकारी हुनुपर्ने उनको भनाइ छ । 

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ९ : ४१ बजे

हर्मुज विवादले मध्यपूर्वमा सुरक्षा चुनौती गहिरियो

एजेन्सी– विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग स्ट्रेट अफ हर्मुजको

चोरी भएका ५१ सवारीसाधन सम्बन्धित धनीलाई फिर्ता

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपत्यकाका विभिन्न स्थानबाट चोरी

नयाँ प्रणालीमार्फत राहदानी वितरण कार्य सुरु,  परराष्ट्रमन्त्री खनालले गरे शुभारम्भ

काठमाडौं– सरकारको नयाँ प्रणालीमार्फत राहदानी वितरण कार्य सुरु गरेको छ

मिडिया हाउसका गेटमै बेवारिसे कार, प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं– काठमाडौंका विभिन्न सञ्चारगृहको कार्यालय प्रवेशद्वारमा बेवारिसे अवस्थामा निजी कार

पहिरोबाट कालीगण्डकी कोरिडोर अवरुद्ध

ढोरपाटन– राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको बागलुङ खण्डअन्तर्गत जैमिनी नगरपालिका–८