लुम्बिनी प्रदेशसभा बैठक बस्दै, एमालेले अवरोध नगर्ने « Khabarhub

लुम्बिनी प्रदेशसभा बैठक बस्दै, एमालेले अवरोध नगर्ने


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको बजेटका विषयमा असहमत प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) र सरकारबीच सहमति भएको छ ।

बजेटउपर असहमति जनाएर लगातार सदन अवरुद्ध गर्दै आएको प्रमुख प्रतिपक्षी दल एमालेले प्रदेशसभाको हिजो बसेको दोस्रो बैठकमा पनि विरोध जनाएको थियो । बहिष्कारपछि गए राति दुवै पक्षबीच वार्ता भएको थियो ।

दुवै पक्षबीच राति भएको वार्तामा विपक्षी दलले उठाएका विषय मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेशसभामा सम्बोधन गर्ने र विपक्षीले पनि आजदेखि प्रदेशसभाको बैठक सञ्चालन गर्न दिने सहमति भएको लुम्बिनी प्रदेशमा एमाले प्रमुख सचेतक तुलसी चौधरीले जानकारी दिए ।

बैठक बहिष्कार गरेर बाहिरिएको एमालेसँग मुख्यमन्त्री चौधरी र सभामुख तुलाराम घर्तीले वार्ता गरेर सहमति जुटाएका हुन् । वार्तामा विपक्षी दलका नेता लीला गिरी, उपनेता चेतनारायण आचार्य र प्रमुख सचेतक चौधरी सहभागी थिए ।

सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच सहमति भएपछि हिजो स्थगित प्रदेशसभा बैठक आजका लागि बोलाइएको छ ।

प्रदेशसभा सचिव दुर्ललकुमार पुनमगरले मङ्गलबार स्थगित भएको प्रदेशसभाको दोस्रो अधिवेशनको १७औँ बैठक आज दिउँसो १ः०० बजेका लागि बोलाइएको सूचना जारी गरेका छन् ।

उनले सभामुखको निर्देशनानुसार प्रदेशसभा नियमावलीको नियम १२ को उपनियम ३ बमोजिम बैठक बोलाइएको सूचनामा उल्लेख छ ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  १० : ५८ बजे

रसुवापछि तातोपानी नाका पनि बन्द : चीनबाट हुने आयात अब मुस्ताङको कोरलाबाट

काठमाडौं– भोटेकोशीमा गत बुधबार आएको बाढीले रसुवा नाका अनिश्चितकालका बन्द

सबैको अपनत्व हुनेगरी शिक्षा ऐन चाँडै ल्याउँछौँ : शिक्षामन्त्री पोखरेल

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सबै सरोकारवालाको अपनत्व हुनेगरि

रास्वपा सभापति लामिछानेलाई भेटेर चिनियाँ राजदूतले भने : उद्धारदेखि पुनर्निर्माणसम्म नेपालको साथमा छौँ, सघाउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र नेपालका

बाढीबाट प्रभावित नेपाल टेलिकमका ११३ साइट सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले भोटेकोशी बाढीबाट प्रभावित थप तीन वटा साइट

भारतमा भेटिए नौ शव, पश्चिम नवलपरासीमा ६८ वटा व्यवस्थापन (तस्बिरहरू)

पश्चिम नवलपरासी- रसुवा बाढीमा परी पश्चिम नवलपरासीको नारायणी नदी क्षेत्रमा हालसम्म