प्रधानमन्त्रीको अभिव्यक्ति अक्षम्य : शंकर पोखरेल « Khabarhub

प्रधानमन्त्रीको अभिव्यक्ति अक्षम्य : शंकर पोखरेल


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले जननिर्वाचित प्रतिनिधिसभाको सर्वोच्चतालाई अपमानित र अवमूल्यन गरेको बताएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटकपटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले संसदकै अपमान गरेको उल्लेख गरेका छन् ।

उनले जननिर्वाचित प्रतिनिधिसभाको सर्वोच्चतालाई अपमानित गर्ने र अवमूल्यन गर्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति अक्षम्य रहेको बताए। यसप्रति सांसदहरूको गम्भीर ध्यान जाने उनको भनाइ छ ।

महासचिव पोखरेलले प्रचण्डको धुर्त्याइँले नेपाली राजनीति विवादास्पद र अस्थिर बनेको कुरामा कुनै सन्देह नरहेको भन्दै सत्ता र शक्तिका लागि जे पनि गर्न सक्ने कुरालाई पटक पटकका घटनाक्रमहरू साक्षी रहेको बताएका छन् ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  १२ : ३४ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र