प्रधानमन्त्रीको अभिव्यक्ति अक्षम्य : शंकर पोखरेल « Khabarhub

प्रधानमन्त्रीको अभिव्यक्ति अक्षम्य : शंकर पोखरेल


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्तिले जननिर्वाचित प्रतिनिधिसभाको सर्वोच्चतालाई अपमानित र अवमूल्यन गरेको बताएका छन् ।

आज सामाजिक सञ्जाल फेसबुकमार्फत महासचिव पोखरेलले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंह पटकपटक दिल्ली गएको भन्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिले संसदकै अपमान गरेको उल्लेख गरेका छन् ।

उनले जननिर्वाचित प्रतिनिधिसभाको सर्वोच्चतालाई अपमानित गर्ने र अवमूल्यन गर्ने प्रधानमन्त्री प्रचण्डको अभिव्यक्ति अक्षम्य रहेको बताए। यसप्रति सांसदहरूको गम्भीर ध्यान जाने उनको भनाइ छ ।

महासचिव पोखरेलले प्रचण्डको धुर्त्याइँले नेपाली राजनीति विवादास्पद र अस्थिर बनेको कुरामा कुनै सन्देह नरहेको भन्दै सत्ता र शक्तिका लागि जे पनि गर्न सक्ने कुरालाई पटक पटकका घटनाक्रमहरू साक्षी रहेको बताएका छन् ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  १२ : ३४ बजे

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा

पहिरोमा पुरिएर एक जनाको मृत्यु, तीन सय घर जलमग्न

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा तीन सयभन्दा बढी घर डुबानमा

बस्तीमा बाढी पसेपछि सामान पनि सार्न नपाई भागाभाग 

काठमाडौं– चितवनको भरतपुर महानगरपालिका-१ नारायणी नदी छेउका स्थानीयवासी सुरक्षित स्थानतर्फ

दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्ड, २७ जनाको मृत्यु

जोहानेसबर्ग– दक्षिण अफ्रिकामा दुई छुट्टाछुट्टै गोलीकाण्डमा कम्तीमा २७ जनाको मृत्यु