भोजपुरका ग्रामीण क्षेत्रमा यातायात सेवा ठप्प « Khabarhub

भोजपुरका ग्रामीण क्षेत्रमा यातायात सेवा ठप्प


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

भोजपुर– निरन्तरको वर्षाका कारण भोजपुरका ग्रामीण क्षेत्रमा यातायात सेवा बन्द भएको छ । वर्षासँगै विभिन्न ठाउँमा पहिरा खस्नुका साथै सडक हिलाम्य हुँदा यातायात सेवा ठप्प भएको हो ।

सडक अवरुद्ध हुँदा स्थानीयलाई दैनिक आवागमनका साथै उपभोग्य वस्तु ढुवानीमा समस्या भएको छ । निरन्तर परेको वर्षाले जिल्लाको ग्रामिण क्षेत्रदेखि सदरमुकामसम्मका अधिकांश स्थानमा यातायात सेवा बन्द छन् ।

सदुरमुकामबाट उत्तरी क्षेत्र षडानन्द नगरपालिकासँग जोड्ने भोजपुर– दिङ्ला मुख्य सडक हिलाम्य बन्दा यात्रुबाहक तथा ढुवानीका साधन सञ्चालनमा समस्या भएको टेम्केमैयुङ गाउँपालिका–५ मझौलेका स्थानीय व्यापारी सन्तोष विष्टले बताए।

वर्षातका कारण सडक अवरुद्ध भएपछि दैनिक उपभोग्य वस्तु ढुवानीमा कठिनाइ भएको उनको भनाइ छ । ‘दैनिक उपभोग्य वस्तु ढुवानीमा समस्या भइरहेको छ । गाउँमा नून, तेलको अभाव हुने सम्भवाना छ’, विष्टले भने, ‘विभिन्न ठाउँमा पहिरो गएको छ, भने कतिपय सडकमा ठूलाठूला खाल्डा परेका छन् । आकस्मिक बिरामी, सुत्केरी तथा वृद्धवृद्धालाई अत्यन्तै समस्या छ ।’

उनका अनुसार सडक हिलाम्य भएपछि स्थानीय किसानले उत्पादन गरेका कृषि उपजसँगै दूध सङ्कलनमासमेत समस्या भएको छ ।

सडक ठाउँ–ठाउँमा पहिराको जोखिम हुनाका साथै हिलाम्य भएर यातयात सञ्चालनमा समस्या भएपछि सुत्केरी तथा गर्भवती महिला, आकस्मिक बिरामीका साथै प्राकृतिक प्रकोपका कारण कुनै पनि विपद् आएमा उद्धारमा थप समस्या हुने स्थानीयको भनाइ छ ।

भोजपुर सदरमुकामबाट हतुवागढी गाउँपालिका, रामप्रसादराई गाउँपालिका, आमचोक गाउँपालिका, साल्पासिलिछो गाउँपालिकाका साथै खोटाङको सिमाना पाँचधारे बजारसम्म सञ्चालन हुने सडक पनि बन्द भएको छ । त्यस्तै, दलगाउँ, ओख्रे, भुल्के, कोट, गोगने, लेखर्कलगायत क्षेत्रका स्थानीय यातायात सेवाबाट वञ्चित भएका छन् ।

सदरमुकामसँग जोडिएका अधिकांश सडक बन्दा हुँदा किसानले उत्पादन गरेका कृषि उपज बजारसम्म ल्याउन समस्या भएको किसान रामचन्द्र राईले बताए ।

पूर्वी क्षेत्रबाट भोजपुर–लेगुवा ६६ किलोमिटर सडक र पश्चिमी क्षेत्र जाने भोजपुर–चखेवा ४२ किलोमिटर सडकमा मात्र नियमित रुपमा यातायात सञ्चालन भइरहेको छ ।

यस क्षेत्रमा उत्पादित कृषि उपज काठमाडौँ, धरान, विराटनगरलगायत ठाउँमा पुर्‍याउने गरिए पनि वर्षा लागेपछि अधिकांश सडक बन्द रहेका छन् । सडकमा हिलो, खण्डा तथा बाढीपहिराको जोखिमका कारण यातायातका साधन सञ्चालनमा कठिनाइ भइरहेको स्थानीय बताउँछन् ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  १ : २४ बजे

एन्फाका कोषाध्यक्ष र लेखा प्रमुख पक्राउ

काठमाडौं – नेपाल प्रहरीले खेलमा मिलेमतो, अनियमितता र ठगी गरेको

परराष्ट्रमन्त्री खनाल संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका प्रस्थान

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली संयुक्त राष्ट्रसङ्घ

लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित २६ जनालाई

पाँचथरका ६० वटै वडामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन

पाँचथर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पाँचथरका ६० वटै वडामा

कांग्रेसको वडा अधिवेशन : ७३ जिल्लाका ६ हजार १३२ वडामा निर्वाचन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशनअन्तर्गत देशभर जारी वडा