मिटरब्याजीलाई कारवाही गर्ने ऐन रोक्न प्रतिपक्षी दलले संसद अवरोध गरे : प्रधानमन्त्री | Khabarhub Khabarhub

मिटरब्याजीलाई कारवाही गर्ने ऐन रोक्न प्रतिपक्षी दलले संसद अवरोध गरे : प्रधानमन्त्री


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा प्रस्तुत मिटरब्याजीहरूलाई कारवाही गर्ने ऐन रोक्न प्रतिपक्षी दलले संसद अवरोध गर्न खोजेको आरोप लगाएका छन् ।

बुधबार दिउँसो माओवादी केन्द्रसम्वद्ध युवा महिलाहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले एउटा पुस्तक बिमोचनमा सन्दर्भवश भनेको कुरालाई बंग्याएर संसद अवरुद्ध गर्ने कोसिस हुँदैछ । खासमा यसको अर्थ अर्कै छ । मिटरब्याजीहरूलाई कारवाही गर्ने ऐन आज संसदबाट पास हुने कार्यसूचि थियो । कतिपय दललाई मिटरब्याजीलाई कारवाही गर्न खोजेको कुरा मन परेको छैन । भ्रष्टाचारीलाई कारवाही गर्ने कुरा मन परेको छैन । यसलाई रोक्न संसद अवरुद्ध गरिँदैछ ।’

उनले आफूहरु सुशासन र भ्रष्टाचारविरुद्धको लडाइँमा रहेको भन्दै त्यसलाई रोक्ने प्रयास भइरहेको आरोप लगाए । ‘विगतमा हामी विभाजित भयौं, त्यसले कमजोर पनि भयौँ । तर अहिले परिस्थिति फेरिएको छ । माओवादी धाराका सबै शक्तिहरू एकताबद्ध हुदैछौँ । २०८४ मा हामी २०६४ भन्दा शक्तिशाली बन्छौँ ।’

युवाहरूलाई संगठित गर्ने, प्रशिक्षित गर्ने कुरा महत्त्वपूर्ण कुरा भएको भन्दै उनले भने, ‘युवाहरूमा विश्वास गरेर हामी नयाँ ढंगले अगाडि बढ्छौँ । तपाईं महिला युवाहरू पनि देशको सुशासनको पक्षमा, सामाजिक न्यायको पक्षमा, समृद्धिको पक्षमा लाग्नुहोस् ।’

प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण अत्यन्तै उपलब्धिमूलक भएको बताए । उनले भने, ‘विद्युत व्यापार सम्झौता सामान्य कुरा होइन । १० वर्षमा १० हजार मेगावाट विद्युत बेच्दा देशको समृद्धि नयाँ ठाउँमा पुग्छ । सीमा समस्या दीर्घकालीन रूपमा समझदारी गर्ने कुरा गरिएको छ । यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ३ : ५५ बजे

अनमोलको खोक्रो स्टारडम्, श्रीकृष्ण बितेको दशकपछि अन्तिम फिल्मले पायो सम्मान

हेडलाइन– अलटाइमा १० करोड ग्रस कलेक्सन कटाउने नेपाली फिल्मको संख्या

एसिसी यु-१६ कप फाइनल : सिंगापुरविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौं – नेपाल मलेसियामा जारी एसिसी मेन्स यु–१६ इस्ट जोन

माझी समुदायको भाषा जोगाउन प्रशिक्षण

रामेछाप– आफ्नो समुदायको भाषा, संस्कार र संस्कृति जोगाउन रामेछापका माझी

चैते धान बिक्री नहुँदा किसान चिन्तित 

कैलाली– कैलालीको भजनी नगरपालिका– ३ का सन्तलाल चौधरी चैते धान

इङ्गल्यान्डको नाटकीय पारी: ६ डक आउट, भारतविरुद्ध तीन सय रनको साझेदारी

लन्डन – भारतले इङ्गल्यान्डसँगको दोस्रो टेस्टमा २४४ रनको अग्रता लिएको