मिटरब्याजीलाई कारवाही गर्ने ऐन रोक्न प्रतिपक्षी दलले संसद अवरोध गरे : प्रधानमन्त्री « Khabarhub

मिटरब्याजीलाई कारवाही गर्ने ऐन रोक्न प्रतिपक्षी दलले संसद अवरोध गरे : प्रधानमन्त्री


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभामा प्रस्तुत मिटरब्याजीहरूलाई कारवाही गर्ने ऐन रोक्न प्रतिपक्षी दलले संसद अवरोध गर्न खोजेको आरोप लगाएका छन् ।

बुधबार दिउँसो माओवादी केन्द्रसम्वद्ध युवा महिलाहरूको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले एउटा पुस्तक बिमोचनमा सन्दर्भवश भनेको कुरालाई बंग्याएर संसद अवरुद्ध गर्ने कोसिस हुँदैछ । खासमा यसको अर्थ अर्कै छ । मिटरब्याजीहरूलाई कारवाही गर्ने ऐन आज संसदबाट पास हुने कार्यसूचि थियो । कतिपय दललाई मिटरब्याजीलाई कारवाही गर्न खोजेको कुरा मन परेको छैन । भ्रष्टाचारीलाई कारवाही गर्ने कुरा मन परेको छैन । यसलाई रोक्न संसद अवरुद्ध गरिँदैछ ।’

उनले आफूहरु सुशासन र भ्रष्टाचारविरुद्धको लडाइँमा रहेको भन्दै त्यसलाई रोक्ने प्रयास भइरहेको आरोप लगाए । ‘विगतमा हामी विभाजित भयौं, त्यसले कमजोर पनि भयौँ । तर अहिले परिस्थिति फेरिएको छ । माओवादी धाराका सबै शक्तिहरू एकताबद्ध हुदैछौँ । २०८४ मा हामी २०६४ भन्दा शक्तिशाली बन्छौँ ।’

युवाहरूलाई संगठित गर्ने, प्रशिक्षित गर्ने कुरा महत्त्वपूर्ण कुरा भएको भन्दै उनले भने, ‘युवाहरूमा विश्वास गरेर हामी नयाँ ढंगले अगाडि बढ्छौँ । तपाईं महिला युवाहरू पनि देशको सुशासनको पक्षमा, सामाजिक न्यायको पक्षमा, समृद्धिको पक्षमा लाग्नुहोस् ।’

प्रधानमन्त्रीले आफ्नो भारत भ्रमण अत्यन्तै उपलब्धिमूलक भएको बताए । उनले भने, ‘विद्युत व्यापार सम्झौता सामान्य कुरा होइन । १० वर्षमा १० हजार मेगावाट विद्युत बेच्दा देशको समृद्धि नयाँ ठाउँमा पुग्छ । सीमा समस्या दीर्घकालीन रूपमा समझदारी गर्ने कुरा गरिएको छ । यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ३ : ५५ बजे

घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर कार्की पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

काठमाडौं : सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार

प्रधानमन्त्रीको फेसबुके ब्रिफिङ झूटो : नुवाकोटको देवीघाटमा बेलिब्रिज त के, तुइनसमेत राखिएको छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा सरकारले तीव्र गतिमा

चीनले भन्यो : रसुवा सीमाक्षेत्रको मौसमको जानकारी नेपाललाई दैनिक दिइरहेका छौँ

काठमाडौं- नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक