राजेशकाजी श्रेष्ठको अध्यक्षतामा अल्मुनाई एशोसिएसन गठन « Khabarhub

राजेशकाजी श्रेष्ठको अध्यक्षतामा अल्मुनाई एशोसिएसन गठन


२० असार २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


246
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौंको पानीपोखरीमा रहेको भानुभक्त मेमोरियल माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरूले राजेशकाजी श्रेष्ठको अध्यक्षतामा अल्मुनाई एशोसिएसन गठन गरेका छन् ।

व्यवसायी श्रेष्ठ भानुभक्त मेमोरियल माविका पहिलो ब्याचका विद्यार्थीसमेत हुन् । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष समेत रहेका श्रेष्ठले उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्रीको जिम्मेवारी पनि सम्हालिसकेका छन् ।

पूर्वविद्यार्थी ठाकुरप्रसाद शर्माको संयोजकत्वमा विद्यार्थी भेलामार्फत एशोसिएसन गठन गरिएको हो । एशोसिएसनको तदर्थ समितिको उपाध्यक्षमा हर्षसागर तुलाधर, महासचिवमा नवीनकुमार वर्मा र कोषाध्यक्षमा पुनिता रिमाल चयन भएका छन् ।

समितिका सदस्यहरूमा सुनिल गोर्खाली, कपिल लोहनी, मनोज ढुंगाना, आशिषभद्र खनाल र विश्वास खतिवडा छन् । एशोसिएसनले ठाकुरप्रसाद शर्मा, विद्यासागर तुलाधर र सनातन रेग्मीलाई सल्लाहकारमा चयन गरेको छ । यस्तै, विद्यालयकी प्रधानाध्यापक ईश्वरी ढुंगानालाई आमन्त्रित सल्लाहकारको रूपमा चयन गरिएको छ ।

प्रकाशित मिति : २० असार २०८०, बुधबार  ९ : ११ बजे

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा