मकवानपुरमा मापदण्डअनुसार खाद्य सामग्री उत्पादन नगर्ने बेकरीमा सिलबन्दी « Khabarhub

मकवानपुरमा मापदण्डअनुसार खाद्य सामग्री उत्पादन नगर्ने बेकरीमा सिलबन्दी


२० श्रावण २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

बागमती– मकवानपुरमा अनुगमन समितिले जिल्लाका विभिन्न उद्योगमा अनुगमन गरेको छ । यस क्रममा तोकिएको मापदण्डअनुसार खाद्य सामग्री उत्पादन नगर्ने एक बेकरी उद्योगमा सिलबन्दी गरिएको छ । यसका साथै तीन व्यावसायिक फार्मलाई जरिवानासहित कारबाही गरिएको छ ।

जिल्ला प्रशासन कार्यालयसहित घरेलु तथा साना उद्योग कार्यालयको नेतृत्वमा खटिएको टोलीले हेटौँडा उपमहानगरपालिका–१९ बस्तीपुरमा रहेको खश्बु बेकरी उद्योगमा सिलबन्दी गरेको हो । सो उद्योगले नापतौल यन्त्रको अनुमतिपत्र नलिएको, उत्पादित खाद्यपदार्थमा लेबल नलगाएको, उद्योगमा सरसफाइ नगरेको र उत्पादित खाद्य सामग्रीको अनुज्ञापत्र नलिएको पाइएपछि टोलीले उद्योगमा सिलबन्दी गर्नुका साथै  जरिवानासमेत गरिएको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख टीका शर्माले जानकारी दिए।

अनुगमन टोलीले सो उद्योगले गैरकानुनी तथा उपभोक्ता हितविपरीत काम गरेकाले रु दुई लाख ५० हजार जरिवाना गर्नुका साथै तीन दिनभित्र कार्यालयमा आवश्यक कागजातसहित उपस्थित हुन निर्देशन दिएको छ । टोलीले बस्तीपुरस्थित सन्तोष किराना पसल, न्यु पराजुली स्टोर्स र दोर्जे सिन्तानको किराना तथा मासु पसललाई जनही रु १० हजारका दरले  जरिवाना गरेको छ ।

अनुगमन टोलीमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडा, हेटौँडा उपमहानगरपालिका, उपभोक्ता हित संरक्षण मञ्चका पदाधिकारीलगायत सहभागी थिए ।  

प्रकाशित मिति : २० श्रावण २०८०, शनिबार  ४ : ४३ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा