सरकारले जग्गा दिएमा क्रिकेट रंगशाला बनाउन महानगर तयार : बालेन शाह | Khabarhub Khabarhub

सरकारले जग्गा दिएमा क्रिकेट रंगशाला बनाउन महानगर तयार : बालेन शाह


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहले नेपाली क्रिकेटको स्तरोन्नतिका लागि रंगशाला बनाउन आवश्यक रहेको भन्दै यसका लागि पहल गर्न महानगर तयार रहेको बताएका छन् ।

उनले सरकारले काठमाडौं महानगरपालिका वा आसपासमा एक सय रोपनी जग्गा उपलब्ध गराएमा क्रिकेट रंगशाला निर्माणमा काठमाडौं महानगरले पहल गर्ने बताएका हुन् । 

बालेनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेपाल सरकारले काठमाडौँ महानगर वा आसपासमा आवश्यक १०० रोपनी जग्गा उपलब्ध गराउँछ भने काठमाडौं महानगरबाट रंगशाला बनाउन हामी पहल गर्नेछौँ ।’

 यसैबीच मेयर बालेनले नेपालमा ८०-९० करोडमा नै रंगशाला निर्माण गर्न सकिने बताएका छन् । उनले श्रीलंकामा नेपाल र भारतबिच खेल भइरहेको रंगशाला हाम्रो त्रिविको क्रिकेट स्टेडियम जस्तै रहेको पनि उल्लेख गरेका छन् । ‘केही प्याराफिट र अलि बढि सुविधा । नेपालमा त्यही स्तरको रंगशाला जग्गा बाहेक ८०–९० करोडमा नै बन्छ सायद,’ उनले लेखेका छन्, ‘ ।

यस्तोमात्रै रंगशाला र केही ठुला खेलहरु हुने हो भने खेलको विकास हुन सक्ने मेयर बालेनले प्रस्ट पारेका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  १० : १६ बजे

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता

पहिलो ओभरमै नेपालले गुमायो भुर्तेलको विकेट

काठमाडौं – स्कटल्याण्डविरुद्ध जवाफी ब्याटिङ गरिरहेको नेपालले पहिलो ओभरमा नै