त्रिभुवन विश्वविद्यालयमा स्वचालित प्रणाली लागू « Khabarhub

त्रिभुवन विश्वविद्यालयमा स्वचालित प्रणाली लागू


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन विश्वविद्यालयले सेवा प्रणालीलाई छिटो, छरितो र प्रभावकारी बनाउन आफ्ना सबै निकायका कार्यालयमा विद्युतीय प्रशासन (स्वचालित प्रणाली) लागू गरेको छ ।

अब त्रिविमा सम्पूर्ण कार्यालयमा हुने दर्ता, चलानी, टिप्पणी, पत्रव्यवहार, परिपत्र र निर्णयका लागि माथिल्लो निकायमा पेस गरिने कागजात स्वचालित प्रणालीमार्फत सम्पादन हुनेछन् । त्रिवि केन्द्रीय कार्यालयमा सो प्रणाली गत साउन १ गतेदेखि नै लागू भएको थियो । हालसम्म पाँच सय २९ युजर आइडी कार्यान्वयनमा छन् ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा धर्मकान्त बाँस्कोटाले किर्तिपुरस्थित रजिष्ट्रार कार्यालयमा स्वचालित प्रणालीको विधिवत शुभारम्भ  गरेका हुन् । सो अवसरमा उनले त्रिविलाई कागजविहीन प्रशासनका रुपमा स्तरोन्नति गर्ने आफ्नो महत्वपूर्ण लक्ष्य पूरा भएको उल्लेख गर्दै प्रविधि कार्यालयको अनिवार्य जीवन प्रणाली बनिसकेकाले सेवा प्रणालीलाई थप व्यवस्थित, सुदृढ र प्रभावकारी बनाउन कार्यालय स्वचालित प्रणाली सफल हुने अपेक्षा व्यक्त गरे । 

अत्याधुनिक प्रविधिको प्रयोगलाई बढावा दिई तीव्र गतिको इन्टरनेट सुविधासमेत व्यवस्था गरी सेवाग्राहीलाई छिटोछरितो सेवामार्फत सन्तुष्ट बनाउन उपकुलपति बाँस्कोटाले निर्देशन दिए । 

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  १२ : १० बजे

विमानस्थल बाहिर आफन्तको आश

काठमाडौं– रसुवा बाढीमा अलपत्र परेका तथा घाइते भएकाहरूलाई नेपाली सेना

बाढीपछि नेपालप्रति बेलायतको ऐक्यबद्धता, सहयोगका लागि प्रतिबद्धता

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनाल र बेलायतका विदेश, राष्ट्रमण्डल तथा विकास मामिलामन्त्री

भोटेकोशीको बाढी : रोल्पाका १६ व्यक्ति सम्पर्कविहीन

रोल्पा– भोटेकोशीको बाढीमा परी रोल्पाका  १६ व्यक्ति सम्पर्कविहीन भएका छन्

सञ्चारमाध्यम र सर्वसाधारणलाई सरकारको अपिल : संवेदनशील तस्बिर र भिडियो प्रसारण-प्रकाशन नगर्नू

काठमाडौं- सूचना तथा सञ्चार मन्त्रालयले रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या २८९ पुग्यो, नदी किनारमा बेपत्ताको खोजी जारी

काठमाडौं– रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लामा फेला