नेपालमा पहिलो पटक संस्कृतिसम्बन्धी नीति बन्ने, संस्कृति मन्त्रालयद्वारा कार्यदल गठन « Khabarhub

नेपालमा पहिलो पटक संस्कृतिसम्बन्धी नीति बन्ने, संस्कृति मन्त्रालयद्वारा कार्यदल गठन


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपालमा पहिलो पटक संस्कृतिसम्बन्धी नीति बन्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संस्कृति नीति बनाउन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको संयोजकत्वमा १३ सदस्यीय कार्यदल गठन गरेको हो । मन्त्रीस्तरीय निर्णयअनुसार कार्यदल गठन भएको मन्त्रालयले जनाएको छ ।

सोमबार सिंहदरबारमा भएको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पर्यटन मन्त्रालयको आगामी कार्ययोजनाबारे बोल्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पहिलो पटक संस्कृति नीति बनाउन विज्ञ सरोकारवालासहितको कार्यदल गठन गरिने र उक्त कार्यदलले करिब दुई महिनामा प्रतिवेदन बुझाउने गरी समयावधि तोकिने जानकारी दिएका थिए । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय भए पनि विगतमा संस्कृतिसम्बन्धी उल्लेख्य काम नभएको मन्त्री किरातीको धारणा छ ।

नेपाली समाज र संस्कृतिमाथि प्राज्ञिक अध्ययन गरेरमात्र समाज राष्ट्रलाई समृद्धशाली बनाउन सकिने भएकाले आगामी दिनमा संस्कृतिमाथि बृहत्तर अध्ययन गरिनुपर्ने मन्त्री किरातीको भनाइ छ । नेपालको पर्यटन नीति हवाई उड्डयन नीति र संस्कृति नीति पुरानै भएकाले यसबाट ठोस परिणाम निकाल्न नसकिने भएकाले पनि मन्त्रालय अन्तर्गतका तिनै क्षेत्रको नीतिनिर्माण गरिने मन्त्री किरातीले बताए ।

कुलपति भुपाल राईको संयोजकत्वमा गठित १३ सदस्यीय समितिमा पूर्वव्यवस्थापिका सांसद सदस्य मल्ल के सुन्दर, भाषा आयोगका सदस्य डा अमर गिरी, संस्कृति महाशाखा प्रमुख दामोदर गौतम, संस्कृतिविद् डा प्रेम खत्री, संस्कृतिविद् डा डिल्ली ओली, पूर्वसचिव डा मानबहादुर विश्वकर्मा, प्राडा वीणा पौड्याल, देवशरण यादव, सांस्कृतिक अध्यता भोगिराज चाम्लिङ चलचित्र निर्देशक नवीन सुब्बा र सदस्य सचिवमा संस्कृति शाखा प्रमुख उपसचिव पुण्यमाया गरागाईं रहेका छन् ।

कार्यदलका संयोजक कुलपति राईले राजनीतिको पनि माउ संस्कृति भए पनि यसबारे नेपालमा धेरै बहस हुन नसकेको भन्दै संस्कृति नीति जरुरी रहेको बताए । कार्यदलले औपचारिक जिम्मेवारी लिएपछि सरसल्लाह गरेर बृहत् अध्ययन र सुझाव सङ्कलन सुरु गरिने उनले बताए । कुलपति राईले ओझेलमा परेको सांस्कृतिक पाटोलाई उजागर गर्न बहस र आवश्यक सरसुझाव आदान–प्रदान गर्न पनि अनुरोध गरेका छन् ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  २ : २५ बजे

सर्वपक्षीय सरकार गठनका लागि विप्लवको दवाव

काठमाडौं– नेकपा माओवादीका महासचिव नेत्र विक्रम चन्द विप्लवले राजनीतिक दलको

खालिदा जियाका छोरा तारिक १७ वर्षपछि स्वदेश फर्किए, भावी प्रधानमन्त्रीका रुपमा चर्चा

ढाका- बंगलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमान १७

पराशर मार्ग तीव्र रूपमा निर्माण गरिँदै

तनहुँ– विश्व बैंकको अनुदान सहयोगमा व्यास नगरपालिकाको गौरवको आयोजनाका रूपमा

चार किलो ३०० ग्राम कोकिनसहित तीन जना पक्राउ

काठमाडौं– प्रहरीले चार किलो ३०० ग्राम अवैध लागूऔषध कोकिनसहित तीन

वैकल्पिक शक्ति बनाउन बालेनको दौडधूप, कुलमानपछि रविसँग बस्दै

काठमाडौं- फागुन २१ को चुनाव नजिकिँदै गर्दा काठमाडौं महानगरपालिकाका मेयर