बागमतीमा ९५ पुल निर्माण | Khabarhub Khabarhub

बागमतीमा ९५ पुल निर्माण


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बागमती सरकारले प्रदेशका विभिन्न स्थानमा ९५ पुल निर्माण गरेको छ । यातायात सेवा सहज गर्न पुल निर्माण गरिएका हुन् ।

बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको निकायद्वारा प्रदेशको १३ जिल्लामा पुल निर्माण गरिएका हुन् । विसं २०७४ यता प्रदेश सरकारले ती पुल निर्माण सम्पन्न गरेको हो ।

विगत ६ वर्षदेखि भौतिक पूर्वाधार कार्यालयबाट पक्की पुल, झोलुङ्गे पुल, सडक ढलान, कालोपत्रसहित सडक स्तरोन्नति, सडक मर्मत सम्भारलगायत काम भइरहेका सो मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले जानकरी दिए । गत आवमा सो मन्त्रालय अन्तर्गतको निकायवाट २६ पुल निर्माण भएका थिए ।

प्रदेशमा विगत ६ वर्षमा १३ झोलुङ्गे पुल निर्माण गरिएका छन् । मन्त्रालयले गत आवमा दुई सय ८१ किमीसहित हालसम्म कूल एक हजार ४३ किमी सडकको नयाँ ट्र्याक खोल्ने काम गरेको प्रवक्ता सिहंले बताए ।

गत आवसम्ममा पटके मर्मत सम्भारतर्फ धुलो सडक एक हजार पाँच सय ८४ किमी मर्मत सम्भार गरिएको छ । गत आव सम्ममा हेरालुमार्फत एक हजार १७ किमी मर्मत सम्भार, नौ सय ३८ किमी सडक ग्राभेल स्तरोन्नति तथा छ सय ८० किमी सडक कालोपत्रसहित स्तरोन्नति गरिएको प्रवक्ता सिंहले जानकारी दिए ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ५ : ०५ बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले