बागमतीमा ९५ पुल निर्माण « Khabarhub

बागमतीमा ९५ पुल निर्माण


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बागमती सरकारले प्रदेशका विभिन्न स्थानमा ९५ पुल निर्माण गरेको छ । यातायात सेवा सहज गर्न पुल निर्माण गरिएका हुन् ।

बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको निकायद्वारा प्रदेशको १३ जिल्लामा पुल निर्माण गरिएका हुन् । विसं २०७४ यता प्रदेश सरकारले ती पुल निर्माण सम्पन्न गरेको हो ।

विगत ६ वर्षदेखि भौतिक पूर्वाधार कार्यालयबाट पक्की पुल, झोलुङ्गे पुल, सडक ढलान, कालोपत्रसहित सडक स्तरोन्नति, सडक मर्मत सम्भारलगायत काम भइरहेका सो मन्त्रालयका प्रवक्ता नवीनकुमार सिंहले जानकरी दिए । गत आवमा सो मन्त्रालय अन्तर्गतको निकायवाट २६ पुल निर्माण भएका थिए ।

प्रदेशमा विगत ६ वर्षमा १३ झोलुङ्गे पुल निर्माण गरिएका छन् । मन्त्रालयले गत आवमा दुई सय ८१ किमीसहित हालसम्म कूल एक हजार ४३ किमी सडकको नयाँ ट्र्याक खोल्ने काम गरेको प्रवक्ता सिहंले बताए ।

गत आवसम्ममा पटके मर्मत सम्भारतर्फ धुलो सडक एक हजार पाँच सय ८४ किमी मर्मत सम्भार गरिएको छ । गत आव सम्ममा हेरालुमार्फत एक हजार १७ किमी मर्मत सम्भार, नौ सय ३८ किमी सडक ग्राभेल स्तरोन्नति तथा छ सय ८० किमी सडक कालोपत्रसहित स्तरोन्नति गरिएको प्रवक्ता सिंहले जानकारी दिए ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ५ : ०५ बजे

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

केही भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान शान्ति सम्झौतापछि एसियाली सेयर बजारमा उछाल

काठमाडौँ – अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति भएको