चीनको छोइछिङ सहरबाट पोखरा र लुम्बिनीमा हवाई उडानका लागि एमाले महासचिवको प्रस्ताव « Khabarhub

चीनको छोइछिङ सहरबाट पोखरा र लुम्बिनीमा हवाई उडानका लागि एमाले महासचिवको प्रस्ताव


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा चीन भ्रममा रहेका नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको छोइछिङ सहरबाट सीधा हवाई सेवा सञ्चालनका लागि प्रस्ताव गरेका छन् ।

महासचिव पोखरेल नेतृत्वको टोली र चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य एवं छोइछिङ सहर कमिटीका सचिव युआन जियाजुनसहितका नेताबीच आज छोइछिङ सहरमा भएको भेटवार्तामा उक्त प्रस्ताव गरिएको हो । उक्त सहर विश्वकै बढी जनसङ्ख्या भएको महानगर मानिन्छ ।

महासचिव पोखरेलले अरनिको र भृकुटीबाट जोडिएका दुई देशबीको सम्बन्ध लामो समयदेखि सौहार्द रहेको र एमालेका तत्कालीन अध्यक्ष मनमोहन अधिकारी प्रधानमन्त्री हुँदा भएको चीन भ्रमणबाट अझ प्रगाढ भएको उल्लेख गरे । एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका समयमा भएको व्यापार तथा पारवाहन सम्झौता नेपालले तेस्रो मुलुकसँगको व्यापारिक मार्गका लागि महत्वपूर्ण भएको भन्दै उनले सोको प्रभावकारी कार्यान्वयन होस् भन्ने पक्षमा पार्टी रहेको अवगत गराए । महासचिव पोखरेलले चीनको विकासको अनुभव र ज्ञानलाई नेपालको समृद्धिको यात्रामा उपयोगका लागि युवाको अनुभव आदानप्रदान गराउन पनि जोड दिएका थिए ।

भ्रमण दलमा सहभागी एमालेका स्थायी समिति सदस्य तथा परराष्ट्र मामिला विभाग प्रमुख डा राजन भट्टराईका अनुसार नेपालको औद्योगीकरण, पूर्वाधार विकास, कृषि, पर्यटनलगायत क्षेत्र तथा नेपालको आर्थिक विकास र सामाजिक रुपान्तरण खासगरी नेपालको गरिबी निवारणलाई अन्त्य गर्न नेपालले आवश्यकता र अनुकूलताअनुसार चीनको सहयोग लिनसक्ने चिनियाँ पक्षबाट विश्वास प्राप्त भएको छ । नेता डा. भट्टराईले उक्त सहर नेपालको हावापानी र भूगोलसँग मिल्दोजुल्दो भएको र नेपाल भ्रमण गरिसकेका चीनको उदाउँदो राष्ट्रिय नेता जियाजुनका तहबाट यस प्रकारको सदीक्षा आउनुले दुई देशका सरकार, जनता र दुई पार्टीबीच आगामी दिन अझ सुमधुर सम्बन्ध विकास हुने विश्वास व्यक्त गरे ।

भेटका अवसरमा नेता जियाजुनले आफू गत साउनमा नेपालको भ्रमणमा रहँदा नेपाली जनताको तीव्र आर्थिक विकासको चाहना रहेको पाएकाले त्यसका लागि चीनका तर्फबाट सक्दो सहयोग हुने बताए । उनले चीन र छोइछिङको विकासको अनुभवबाट नेपालले लाभ लिन सक्ने र खास गरी नेपालका धान उत्पादनका लागि उच्च प्रविधि र ज्ञान दिन आफूहरू तयार रहेको जनाएका थिए । उनले चीनका राष्ट्रपति सी जिन्पिङको नेपालको औपचारिक भ्रमणका समयमा भएका सम्झौताको कार्यान्वयन गर्न आफूहरू तयार रहेको स्पष्ट पारेका थिए । छोइछिङ सहरबाट सीधा हवाई उडानका लागि दुई देशका केन्द्र सरकारका नागरिक उड्डयनसँग सम्बन्धित निकायबीच संवाद हुनुपर्ने उनको भनाइ थियो ।

उनले नेपाली विद्यार्थीका लागि छात्रवृत्तिलगायत सहयोग जारी राख्ने बताएका थिए । भेटमा नेपाली टोलीका तर्फबाट डा भट्टराई, स्थायी समिति सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतम, नेता ज्वालाकुमारी शाहलगायत तथा चिनियाँतर्फबाट चिनियाँ कम्युनिष्ट पार्टीका छोइछिङ सहर कमिटीका उपसचि ली मिङछिङ, उक्त नगर कमिटीका स्थायी कमिटी सदस्य चेन सिनयुलगायत सहभागी थिए ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ७ : ०२ बजे

शून्य समय : जनताको दैनिकीसँग जोडिएका विषयलाई प्राथमिकता दिन आग्रह

काठमाडौं- सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जनताको दैनिकीसँग जोडिएका

सीमित स्रोतसाधनमा काम गर्न बाध्य : मधेसी आयोग

काठमाडौं– मधेसी आयोगका कार्यवाहक अध्यक्ष जीवछ साहले मधेस प्रदेशका समस्या

जनतालाई न्याय दिन अध्यादेश ल्याएको हो : गणेश पराजुली

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता गणेश पराजुलीले

रास्वपा नेताको टिप्पणी : ‘ब्याज खाने राजनीति’ बाट जनता आजित थिए

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले

मुलुकमा परिवर्तन भइरहेको छ : रास्वपा उपनेता पराजुली

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलका उपनेता गणेश पराजुलीले देशमा