मानव अधिकार आयोगको स्तर ‘ए’ श्रेणीमै कायम राख्नका पहल गर्छु : प्रधानमन्त्री « Khabarhub

मानव अधिकार आयोगको स्तर ‘ए’ श्रेणीमै कायम राख्नका पहल गर्छु : प्रधानमन्त्री


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय मानव अधिकार आयोगको स्तर ‘ए’ श्रेणीमै कायम राख्नका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्रीसँग आयोगका अध्यक्ष तथा पदाधिकारीले गरेको भेटवार्तामा उनले आयोगको स्तर ‘ए’ श्रेणीमै कायम राख्नका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

प्रधानमन्त्री दाहालले आयोगको वर्तमान अवस्थाबारे जानकारी लिँदै पेरिस सिद्धान्तबमोजिम हुने गरी आयोगको नयाँ ऐन निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे। भेटमा नेपालको मानव अधिकारको अवस्था, मानव अधिकार आयोगको नयाँ ऐन निर्माण र मानव अधिकार आयोगको स्तर निर्धारणको बारेमा विषयमा छलफल भएको थियो ।

आयोगका अध्यक्ष तपबहादुर मगरले आयोगले हालसम्म प्राप्त गरेको स्तर ‘ए’ श्रेणी कायम राख्नका लागि आयोगको ऐनमा पेरिस सिद्धान्तबमोजिम हुने गरी आर्थिक स्वायत्तता, पदाधिकारीको नियुक्ति, कर्मचारीको वृत्ति विकासको सुनिश्चिततालगायत विषयलाई समेट्नुपर्ने र यसका लागि सरकारबाट आवश्यक पहल गर्नुपर्नेमा माग गरेका थिए ।

छलफलमा आयोगका सदस्य डा सूर्य ढुङ्गेल, मिहिर ठाकुर, मनोज दुवाडी, लिली थापा, नेपाल सरकारका मुख्य सचिव वैकुण्ठ अर्याल, आयोगका कामु सचिव मुरारीप्र्रसाद खरेल, सहसचिव डा टीकाराम पोखरेललगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ८ : ०५ बजे

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

केही भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमेरिका-इरान शान्ति सम्झौतापछि एसियाली सेयर बजारमा उछाल

काठमाडौँ – अमेरिका र इरानबीच युद्ध अन्त्य गर्ने सहमति भएको