जलवायु परिवर्तनको मुद्दामा चीन र अमेरिकाबीच समान धारणा बन्ने दाबी « Khabarhub

जलवायु परिवर्तनको मुद्दामा चीन र अमेरिकाबीच समान धारणा बन्ने दाबी


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अमेरिकी जलवायु दूत जोन केरीले केन्यामा आयोजना हुने ऐतिहासिक शिखर सम्मेलनमा वासिङ्टन र बेइजिङले ग्लोबल वार्मिङविरुद्धको लडाइँमा ‘एकसाथ आउन सक्ने’ आशा व्यक्त गरेका छन् ।

“विश्वका दुई ठूला अर्थव्यवस्था र उत्सर्जक, चीन र संयुक्त राज्य अमेरिका, जलवायु परिवर्तनको मुद्दामा एकसाथ आउन सक्छौं,” केरीले पत्रकारहरूसँग भने ।

“यो द्विपक्षीय मुद्दा होइन विश्वव्यापी मुद्दा हो । जलवायु परिवर्तनको समस्या के हो र यसबाट पृथ्वीका लागि विश्वव्यापी खतरा छ भन्ने हामीले बुझेका छौँ । समस्याको पहिचान भएको छ । छिट्टै निराकरणका लागि वातावरण बन्नेछ ।”

अफ्रिका जलवायु शिखर सम्मेलनले यस वर्षको अन्त्यमा दुबईमा कोप २८ बैठक अघि १.४ अर्ब जनसङ्ख्या भएको महाद्वीपमा हरित विकासको लागि साझा दृष्टिकोण परिभाषित गर्ने लक्ष्यका साथ अफ्रिकी नेताहरूलाई समान धारणा बनाउने अवसर दिएको छ ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीका प्रमुखले संयुक्त राज्य अमेरिका र चीनलाई आफ्ना मतभेदहरूलाई अलग राख्न र जलवायु परिवर्तनमा समान धारणा बनाउन दवाब दिएपछि केरीको टिप्पणी आएको हो ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ८ : ३२ बजे

ओमानमा हुने लिग–२ शृङ्खलाका लागि नेपाली टोलीको बिदाइ

काठमाडौं– ओमानमा आयोजना हुने नेपाल, ओमान र क्यानडाबीचको आईसीसी विश्वकप

अब संसदलाई खुलामञ्च बनाउनुपर्छ : सभापति थापा

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले काठमाडौंको खलामञ्च खुला भएसँगै

भारतमा विरोध प्रदर्शनका क्रममा प्रहरीमाथि यौन दुर्व्यवहारको आरोप, अनुसन्धान सुरु

नयाँदिल्ली– भारतको निर्वाचन आयोगविरुद्ध राजधानी नयाँदिल्लीमा जारी विरोध प्रदर्शनका क्रममा

इतिहासले शक्ति होइन, शिक्षा दिन्छ; इतिहासबाट सिकेर नयाँ उत्तर खोज्नुपर्छ : गगन थापा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, संसद् र

पाकिस्तानी महिलाको ‘हनी ट्र्याप’ मा परी सैन्य सूचना चुहाएको आरोपमा भारतीय नौसेनाका जवान पक्राउ

काठमाडौं- सामाजिक सञ्जालमार्फत पाकिस्तानी गुप्तचर एजेन्टको ‘हनी ट्र्याप’ (प्रेम जाल)