विराटनगरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु « Khabarhub

विराटनगरमा बसको ठक्करबाट पैदलयात्रीको मृत्यु


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

विराटनगर-  कलेज बसको ठक्करबाट विराटनगरमा एक जनाको मृत्यु भएको छ।

विराटनगर महानगरपालिका–१० मा रहेको नेशनल एकेडेमी कलेजको बसले ठक्करबाट रंगेली नगरपालिका–१ का ६२ वर्षीय गणेश श्रेष्ठको मृत्यु भएको हो।

प्रहरीका अनुसार सोमबार विराटनगर १३ स्थित मुख्यमन्त्री निवास अगाडिको भित्री सडक खण्डमा विद्यार्थी पुर्‍याएर फर्कने क्रममा कलेज बसले ठक्कर दिएको थियो।

ग १ ख ७६९९ नम्बरको बसले ठक्कर दिदा उनी गम्भीर घाइते भएका थिए। उपचारका क्रममा उनको मृत्यु भएको मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक रन्जनकुमार दाहालले जानकारी दिए। ठक्कर दिने बस र चालक विराटनगर ३ का ५६ वर्षीय दलबहादुर कार्कीलाई पक्राउ गरेको उनले बताए।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ९ : ३६ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक