ताप्लेजुङ गोल्डकप : झापालाई हराउँदै रेडहर्ष फाइनलमा प्रवेश | Khabarhub Khabarhub

ताप्लेजुङ गोल्डकप : झापालाई हराउँदै रेडहर्ष फाइनलमा प्रवेश


१९ भाद्र २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


192
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ – इलामको रेडहर्ष फुटबल क्लब ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलअन्तर्गत आज भएको खेलमा रेड स्टार फुटबल क्लब झापालाई टाइब्रेकरमा ५‐४ गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

निर्धारित ९० मिनेटको खेलमा दुवै टिमले १‐१ को बराबरी गोल गरेका थिए । खेलको १५औँ मिनेटमा इलामका आशिष राईले एक गोल गर्दै सुरुआती अग्रता लिए पनि ७५औँ मिनेटमा झापाका ग्लोरीले गोल गर्दै बराबरी गरेका थिए । प्रतिस्पर्धात्मक देखिएको खेलमा दुवै टिमले निर्धारित समयमै जीतको नतिजा निकाल्न प्रयासरत रहे पनि निर्धारित समय बराबरीमै सकियो ।

टाइब्रेकरमा झापाका मिलन राईको गोल रेडहर्षका गोल किपर विवेक मगरले छेकेपछि इलामलाई सफलता मिलेको हो । झापाका निसान लिम्बू, जीवन गुरुङ, मीलन राई र मनोज राईले गोल गरे भने इलामका विशाल लामा, आसिस लावती, पिकेस लोक्ताम र विवेक मगरले गोल गरे ।

जीतसँगै इलामले बुधबार हुने फाइनल खेलमा इटहरीको जुट विकास फुटबल एकेडेमीसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । सोमबार भएको खेलमा पथरी ११ मोरङलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै सुनसरीको जुट विकास फुटबल एकेडेमी उपाधीको दाबेदार बनेको छ ।

दार्जिलङका सहित यो पटक आठ टिम सहभागी प्रतियोगिता बुधबार सकिँदै छ । लाखे जात्राका अवसरमा आयोजित प्रतियोगिताको विजेताले रु तीन लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ भने उपविजेताले रु एक लाख ११ हजार एक सय ११ सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ आयोजक समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिए ।

लाखेजात्राका अवसरमा आयोजित प्रतियोगिता सदरमुकामस्थित भानुजन माध्यमक विद्यालयको खेल मैदानमा भइरहेको छ । विसं २०२९ देखि हरेक वर्ष लाखेजात्रामा फुटबल प्रतियोगिता सञ्चालन हुँदै आएको छ । कोभिडलगायतका कारण पछिल्लो तीन वर्षयता प्रतियोगिता हुन सकेको थिएन । तर यो वर्ष भने प्रतियोगिताले निरन्तरता पाएको छ ।

प्रकाशित मिति : १९ भाद्र २०८०, मंगलबार  ९ : ४९ बजे

मितेरी सहकारी प्रकरण : ज्योति भण्डारीलाई कम्बोडियाबाट पक्राउ गरि काठमाडौं ल्याइयो

काठमाडौं – मितेरी सहकारी संस्थाको रकम अपचलन प्रकरणमा मुछिएका ज्योतिबहादुर

जलविद्युत् आयोजनाका कारण तातोपानी कुण्ड सङ्कटमा

म्याग्दी – यहाँको अन्नपूर्ण गाउँपालिका भएर बग्ने कालीगण्डकी नदी किनारका

लिबियामा डुङ्गा डुब्दा कम्तीमा ६० आप्रवासीको मृत्यु भएको आशङ्का

त्रिपोली – लिबियाको तटीय क्षेत्रमा पछिल्लो एक सातामा एक जोडी

अमेरिकामा ज्यान गुमाएका ४ जनाको अन्त्येष्टिमा जान नपाएको परिवारको गुनासो

गोरखा – अमेरिकामा गोली लागेर मृत्यु भएका गोरखाका एकै घरका

गण्डकीमा सत्ताको चाबी बनेका मनाङेको राजनीतिक ‘इनिङ्स’ समाप्त

पोखरा – गण्डकी प्रदेशको सत्ता राजनीतिमा जब-जब सङ्कट आउँथ्यो, एक