बझाङ भूकम्प प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन | Khabarhub Khabarhub

बझाङ भूकम्प प्रभावितलाई तत्काल राहत उपलब्ध गराउन प्रधानमन्त्रीको निर्देशन


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मङ्गलबार बझाङ र आसपासका क्षेत्र केन्द्रबिन्दु भई गएको भूकम्पबाट पीडित र प्रभावित जनतालाई तत्काल राहत, उद्धार र व्यवस्थापनका लागि निर्देशन दिएका छन् ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन परिषद्को १२औँ बैठकलाई आज सम्बोधन गर्दै उनले मानवीय र भौतिक क्षतिको राहत र व्यवस्थापनका लागि सबै क्षेत्रलाई समन्वय गरेर काम गर्न निर्देशन दिए । 

प्रधानमन्त्री दाहालले सो अवसरमा प्राकृतिक विपद्ले सिर्जना गरेको सङ्कटसँग जुध्न तीनै तहका सरकार, नागरिक समाज, राजनीतिक दल तथा जनसमुदायको एकीकृत र समन्वयात्मक पहलकदमी जरुरी रहेको बताए । 

उनले सरकारका तर्फबाट राहत, उद्धार, उपचार, पुनःस्थापना तथा पुनर्निर्माणमा कुनै कमी हुन नदिइने प्रतिबद्धता व्यक्त गरे । उनले हालसम्म भएको उद्धार, राहत र व्यवस्थापनमा पहलकदमीका लागि सम्बन्धित सबैलाई धन्यवाद व्यक्त गरेका छन् ।

प्रधानमन्त्री दाहालले प्रभावित जनतालाई तत्काल राहत दिन र क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि आर्थिक तथा अन्य सहयोगको लागि तत्काल प्रक्रिया अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिए । 

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ११ : २३ बजे

नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लबविरुद्ध पक्राउ पूर्जी

काठमाडौं- जिल्ला अदालत काठमाडौंले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द

इन्डियन प्रिमियर लिग आईपीएलको ‘अक्सन’ दुबईमा 

काठमाडौँ– इन्डियन प्रिमियर लिग आईपीएलको ‘अक्सन’ दुबईमा हुने भएको छ

भूकम्पप्रभावितलाई ३० लाख सहयोग

काठमाडौँ– निर्माण व्यवसायी विकास परिषद्ले भूकम्पप्रभावितलाई ३० लाख रकम सहयोग

एनसेललाई त्यतिकै छाडिन्न, अध्ययन गरिन्छ : प्रधानमन्त्री

काठमाडौं- निजी टेलिफोन सेवा प्रदायक कम्पनी एनसेलको शेयर खरिद–विक्री सम्बन्धमा

केन्द्र सरकारले दिएको सेवा प्रभावकारी हुनुपर्छ : मुख्यमन्त्री कार्की

कटारी– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केन्द्र सरकारले दिएको निःशुल्क