दसैँका लागि माटोका सामग्री तयार हुँदै | Khabarhub Khabarhub

दसैँका लागि माटोका सामग्री तयार हुँदै


१८ आश्विन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

भादगाउँ–  भक्तपुर नगरापालिका–४ तालाक्वको विनोदकुमार प्रजापतिको परिवार निकै व्यस्त छन् । बिहानदेखि बेलुकासम्म दसैँका लागि माटोका सामग्री बनाउन भ्याइनभ्याई छ ।

दसैँमा घटस्थापनाको दिनदेखि पुजामा प्रयोग गरिने माटोका सामग्री बनाउन उनको परिवार अहिले व्यस्छ छ । ‘दसैँ नजिकिँदै छ । काठमाडौँ उपत्यकालगायत बाहिरी जिल्लाको माग अनुसार सामान बनाउन थालेका छौँ । अझै धेरै बनाउन बाँकी छ’, प्रजापतिले भने, ‘अहिले त म मात्र होइन परिवारका सबै सदस्य यसै काममा व्यस्त छन् । शनिबारको दिन छोराछोरीलाई पनि काममा लगाइराखेका छौँ ।’ 

श्रीमती र छोराछोरीसहित घटस्थापनका दिन पुजा कोठामा राख्ने गमला, भ्यग, धुपौरो, दुध राख्ने गपचा, जाँड राख्ने थापेङ र सोमा, रक्सी खाख्ने अन्ती, दुध पतु, सुकुना, गपचा, समेबजी खोला, सल्ली, मोनी सल्ली, जलपात्र, कलश, आरतीलगायत सामग्री बनाउन व्यस्त भएको उनले बताए ।

प्रजापतिका अनुसार जमरा राख्ने ढुकुटीमा देवी दुर्गाको पुजाका लागि माटोले बनेका सामग्रीको बढी प्रयोग हुने भएकाले बजारमा यसको माग उच्च छ । 

भक्तपुर नगरपालिका–९ सुजमारी राजकृष्ण प्रजापतिलाई पनि माटोका सामग्री बनाउन भ्याइनभ्याई छ । बिहान चार बजेदेखि दसैँका लागि माग अनुसारका सामग्री बनाउन व्यस्त छन् । दसैँ र तिहारको समयमा माग गरिएका सामग्र्री समयमा पुर्‍याउन सके वर्षभरी अरु बेला खासै व्यस्त हुन नपर्ने राजकृष्णले बताए। ‘यो समयमा उपत्यकालगायत बाहिरी जिल्लाबाट पर्वका लागि आवश्यक माटोका सामग्रीको माग छ’, उनले भने, ‘ती सामग्री समय पुर्‍याउन सके अरु बेला खासै व्यस्त हुन पर्दैन । हामीले बढी दुःख गर्ने भनेको दसैँं र तिहारका लागि हो । यो समयमा मागअनुसार सामान उत्पादन गर्नसके वर्षदिन गुजारा गर्न गाह्रो पर्दैन ।’

बजारमा विभिन्न आधुनिक सामान आए पनि दसैँतिहारमा माटोका सामग्री बढी प्रयोग हुने गरेकाले यसको व्यापार निकै फस्टाएको व्यापारी बताउँछन् । यो व्यवसायमा लागत र परिश्रमअनुसार आम्दानी हुने भएकाले पेसाप्रति नयाँ पुस्ता पनि आर्कषित भएका राजकृष्णले बताए। उनका अनुसार भक्तपुरमा रू १ देखि १२ सय सम्मका पर्व सामग्री उत्पादन हुने गरेका छन् ।

चाडपर्वको समय भक्तपुर तालक्वसुजमारीको कुम्हालेका साथै लिवाली, तुमुचो, बुलुचा, घलाटे, चोलिँचा, च्याम्हासिहं, कमलविनायक र सूर्यविनायकका कुम्हालेका परिवार पनि माटोका सामान बनाउन व्यस्त देखिन्छन् । यहाँ उत्पादित पर्व सामग्रीहरु उपत्यकाका साथै बनेपा, पनौती, धुलिखेल, साँखु, त्रिशुली, पोखरा, कीर्तिपुर, थेचोसम्म पुग्ने गरेको व्यवसायी बताउँछन् ।

प्रकाशित मिति : १८ आश्विन २०८०, बिहीबार  ७ : ५२ बजे

संसद्मा सत्तापक्षबाट दुर्व्यवहार भएको भन्दै नेविसङ्घको आपत्ति

काठमाडौं‍- प्रतिनिधि सभा बैठकमा बिहीबार सत्तापक्षबाट असंसदीय कार्य भएको भन्दै

चट्याङ लागेर ११ जनाको मृत्यु

काठमाडौं– भारतको पश्चिम बंगालमा चट्याङ लागेर ११ जनाको ज्यान गएको

५ लाख धरौटीमा रिहा भए रवि ओड

काठमाडौं– वैवाहिक बलात्कारको मुद्दापछि प्रहरी नियन्त्रण रहेका नेपाल आइडल सिजन

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं– सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा पुगेको

कांग्रेसलाई जवाफ दिन ‘विश्वासको कार्ड’ ?

काठमाडौं- विहीबार संसदमा हंगामा भइरहँदा सत्तापक्षका नेता नेपी शर्मा ओलीले