सामाजिक सञ्जालमार्फत ठगी गर्ने युवक पक्राउ « Khabarhub

सामाजिक सञ्जालमार्फत ठगी गर्ने युवक पक्राउ


१९ कार्तिक २०८०, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


798
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अनलाईन मार्फत ठगी गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ घर भई काठमाडौं महानगरपालिका– १३ बस्ने शिरिष श्रेष्ठ रहेका छन् । उनले सामाजिक संञ्जाल फेसबुक, वाट्सएप, इमोलगायतको दुरुपयोग गरी ठगी गरेको प्रहरीको आरोप छ ।

श्रेष्ठले संञ्जालमा साथी बनाइ माया प्रेममा पारी मिलियन डलर,गरगहना,ल्यापटप लगायतका सामानहरु सहितको गिफ्ट पठाएको छु भन्दै ठगी गर्ने गरेका थिए । सामानहरु गिफ्ट पठाएको फोटो, भिडियो पठाइ विश्वास दिलाएर केही समय पश्चात् सोही पार्सल टर्की विमानस्थल, काठमाडौंको अन्तराष्ट्रिय विमानस्थल लगायत देशका भन्सार कार्यालयहरुमा सामान आइपुगेको भन्दै सो पार्सल पाउन कष्टम चार्ज, डेलिभरी चार्ज, इन्सुरेन्स चार्ज जस्ता प्रयोजनमा रकम लिने गरेका थिए । यसरी उनले १९ लाख २५ हजार ठगी गरेको प्रहरीले जनाएको छ ।

श्रेष्ठलाई आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु पठाईएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८०, आइतबार  ८ : ४७ बजे

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार

दुबई पुग्यो डीडीसीको घिउ र याक चिज

काठमाडौं – दुग्ध विकास संस्थान (डीडीसी)को थप एक हजार ५००

मिठाईमा मिसाइएका पदार्थ र उपभोग्य मिति अनिवार्य

काठमाडौं – मिठाई उत्पादन तथा बिक्री वितरण गर्ने व्यवसायीले आफूले