बिदा भए ‘सीआईडीका इन्स्पेक्टर’ दिनेश | Khabarhub Khabarhub

बिदा भए ‘सीआईडीका इन्स्पेक्टर’ दिनेश


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


16k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चर्चित भारतीय टेलिसिरियल ‘सीआईडी’मा इन्स्पेक्टर फ्रेडिक्सको भूमिकामा देखिने कलाकार दिनेश फडनिस निधन भएको छ ।

भारतीय सञ्चार माध्यम टाइमस् अफ इन्डियाका अनुसार दिनेशमा नजिकका साथी दयानन्द शेट्टीले उनले मंगलबार बिहान १२ः०८ मा निधन भएको पुष्टि गरेका छन् । 

हृदयघातका कारण पछिल्लो सातादेखि मुम्बईको तुङ्गा दिनेश आईसीयूमा उपचाररत थिए । ५७ वर्षको उमेरमा उनले उपचारकै क्रममा यस संसारबाट बिदा लिएका हुन् । 

दयानन्दका अनुसार उनको अन्तिम संस्कार दौलदमा गरिनेछ । दिनेश पछिल्लो समय कलेजो खराबीको समस्याबाटसमेत ग्रसित थिए । 

को हुन् दिनेश ?
भारतको चर्चित क्राइम टेलिसिरियल ‘सीआईडी’मा इन्स्पेक्टर फ्रेडिक्स भूमिकामा देखिँदै आएका थिए । यस सिरियलको नेपालमा पनि उल्लेखनीय सङ्ख्यामा दर्शक छन् । दिनेश पनि नेपाली दर्शकमाझ लोकप्रिय छन् । उनको निधनमा नेपाली दर्शकले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली दिएका छन् । 

उनी सीआईडीमा २५ वर्ष पहिला अर्थात १९९८ मा जोडिएका हुन् । उनी २०१८ बाट भने यस सिरियलबाट विश्राम लिएका थिए । उनले भारतको अर्को चर्चित सिरियल ‘तारक मेहताका उल्टा चस्मा’समेत ‘केमियो’ भूमिकामा देखिएका थिए । त्यस्तै उनले केही फिल्ममा समेत काम गरेका थिए । 

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  २ : १८ बजे

फर्निचर उद्योगमा आगलागी

झापा– झापाको अर्जुनधारा नगरपालिका–११ बसपार्कस्थित एक फर्निचर उद्योगमा आगलागी भएको

संरक्षणको अभावमा पोखराको ‘गुँदे ताल’ (तस्बिरहरू) 

पोखरा- पोखरामा रहेका ९ तालमध्येको एक हो, गुँदे ताल । पोखरा

मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं– मुगुको कोटडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

गलकोटका सबै माध्यमिक तहका विद्यालयमा पानीको सुविधा

बागलुङ– स्रोत प्रसस्त भएर पनि गलकोटका अधिकांश विद्यालयमा पिउने पानीको

दक्षिणी युरोपमा प्रचण्ड गर्मी : बढ्न थाल्यो डढेलोको जोखिम

काठमाडौं – युरोपका धेरै स्थानलाई अहिले तातो हावाको बहावले प्रभावित