पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट « Khabarhub

पर्वतमा औँसेकीराले ३० प्रतिशत सुन्तला नष्ट


१९ मंसिर २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

पर्वत- पाक्ने बेलाको सुन्तलामा औँसे किरा फैलिएर नाश हुन थालेपछि पर्वतका किसान चिन्तित छन् । सुन्तला खेतीका लागि पकेट क्षेत्र मानिएको पर्वतको मोदी गाउँपालिका–२ देउपुर र दक्षिण पर्वतको पैंयु गाउँपालिका–३ त्रिवेणीमा पछिल्लो दुई सातायता औँसे किराको प्रकोप फैलिएको हो ।

 सुन्तला बेचेर राम्रो आम्दानी गर्ने बेलामा औँसे किरापतेरोले सुन्तला झरेर बगैँचा भरिएको किसानले बताएका छन् । देउपुरका दाताराम चापागाँईले असिना र खडेरीबाट जोगिएको सुन्तला बिक्री गरेर केही आम्दानी गर्ने आशामा रहेका बेला औँसे किराका कारण सुन्तला झर्न र बोटसमेत मर्न थालेका बताएका छन् ।

देउपुरमा मात्रै तीन सय बढी किसान व्यावसायिक सुन्तला खेती गर्दै आएका छन् । यो गाउँबाट गत वर्ष रु तीन करोडको सुन्तला बिक्री भएको स्थानीय माछापुच्छ्रे सुन्तला उत्पादक समूहका अध्यक्ष दाताराम चापागाँईले जानकारी दिएका छन् । पछिल्ला केही दिनयता औँसे किरा लागेर धमाधम सुन्तला झर्न थालेको उनले बताएका छन् । यस वर्षमा स्थानीय मोदी गाउँपालिका र कृषि ज्ञान केन्द्रमा अनुरोध गरे पनि निदानका लागि कुनै उपाय नपाएको स्थानीय प्रकाश चापागाँईले बताए । 

पर्वतमा उत्पादित सुन्तला पोखरा, काठमाडौँ र बुटबल लैजाने भए पनि अहिलेसम्म व्यापारी आइपुगेका छैनन् । टिप्ने बेलामा झर्ने र भएका दानामा पनि कीरा लागेर खानै नमिल्ने समस्या देखिएको उनको भनाइ छ । 

कृषि ज्ञान केन्द्र पर्वतले देउपुर र त्रिवेणीलगायत ठाउँमा औँसे कीराबाट झन्डै ३० प्रतिशत क्षति पुगेको जनाएको छ । कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख परशुराम अधिकारीले २५ देखि ३० प्रतिशत क्षति पुगेको र थप क्षति हुन नदिनका लागि जतिसक्दो चाँडो सुन्तला टिपेर बजार पठाउन आग्रह गरिएको उनले बताएका छन् । उनले औँसा किराले झरेका सुन्तलालाई प्लास्टिकमा जम्मा गर्ने र नष्ट गर्ने यो प्रक्रियाले किराको चक्र ब्रेक गर्न सकिने भएकाले किसानलाई प्लास्टिकमा जम्मा गरेर नष्ट गर्न लगाइएको समेत बताए । 

औँसा कीराको प्रकोपबारे पोखराबाट बाल संरक्षण प्रयोगशालाबाट विज्ञहरू लगेरसमेत स्थलगत अनुगमन गरिएको  किराको प्रकोप निदानका लागि किसानलाई आवश्यक सल्लाह र विषादीसमेत सिफारिस गरिएको बताएका छन् । चाइनिज फ्रुट प्लाई अर्थात् औँसा कीराको चक्र नष्ट  गर्न झरेका सुन्तला प्लास्टिकमा जम्मा गर्ने र गहिरो खाल्डोमा पुर्न उनले सुझाए । 

पर्वतमा झन्डै नौ सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती हुँदै आएको छ । जिल्लाका अन्य क्षेत्रमा भने अहिलेसम्म रोग कीराको समस्या नदेखिएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ । गत वर्ष पर्वतबाट रु ३० करोडका सुन्तला निर्यात भएको थियो । 

किसानले समयमै मल, कीटनाशक विषादीको प्रयोग, बगैँचा सुधार गरेको तथा यस वर्ष हावाहुरी असिनाले मुख्य पकेट क्षेत्रहरूमा असर नपारेका कारण पर्वतमा यस वर्ष पनि सुन्तला उत्पादनमा वृद्धि हुने केन्द्रले जनाएको छ । 

प्रकाशित मिति : १९ मंसिर २०८०, मंगलबार  ३ : ५९ बजे

आज विश्व रक्तदाता दिवस मनाइँदै, सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

काठमाडौँ– आज विश्व रक्तदाता दिवस मनाइँदै छ । ‘मानवताका लागि

विश्वकपमा स्कटल्यान्डको विजयी सुरुवात, हाइटी १-० ले पराजित

बोस्टन – जोन म्याकगिनले गरेको निर्णायक गोलको मद्दतले स्कटल्यान्डले २८

कांग्रेसले आजदेखि ‘सुवर्ण शमशेर इकोनोमिक’ श्रृङ्खला चलाउने

काठमाडौँ– नेपाली कांग्रेसले आजदेखि आर्थिक बहस सञ्चालन गर्ने भएको छ

सेल्टरमा विमलाको आँसु: ‘नागरिकता पानीले बिग्रियो, कागज नपुग्दा कोठा भाडा पाइनँ’

काठमाडौँ – तीन छोरा आमा ६५ वर्षीय विमला महर्जनलाई रातभर

२१ केजी गाँजासहित एक जना पक्राउ

सिरहा– सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलोग्राम गाँजासहित एक