दोस्रो संस्करणको वेष्टर्न ट्राभल मार्ट माघ १४ गतेदेखि « Khabarhub

दोस्रो संस्करणको वेष्टर्न ट्राभल मार्ट माघ १४ गतेदेखि


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेपालगञ्ज हुने दोस्रो संस्करणको वेष्टर्न ट्राभल मार्ट माघ १४ गतेदेखि सुरु हुने भएको छ । नाट्टा बाँके च्याप्टरको आयोजना र नेपाल पर्यटन बोर्डको सहयोगमा माघ १४ गतेदेखि १६ गतेसम्म नेपालगञ्जको सोल्टी होटलमा मार्ट हुन लागेको नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देलले जानकारी दिए ।

उनका अनुसार पश्चिम नेपालको पर्यटनको प्रचारप्रसारका लागि सबैभन्दा महत्वपूर्ण मानिने यो मार्टमा यसपटक भारतका ७५ जना टूर अपरेटर आउँदैछन् । ट्राभल एजेन्ट्स एशोसिएसन अफ इण्डिया (टाइ)बाट ७५ जना टूर अपरेटर नेपाल आउने निश्चित भएको अध्यक्ष सिग्देलले बताए ।

उनीहरु मार्टमा आएसँगै बर्दिया राष्ट्रिय निकुञ्ज, कर्णालीमा र्‍याफ्टिङ गर्दै रारा पनि जाने सम्भावना छ । यसका लागि प्रयास भइरहेको सिग्देलले बताए । भारतीय टूर अपरेटरलाई बर्दिया राष्ट्रिय निकुञ्ज र कर्णाली तथा सुदूरपश्चिमका विभिन्न पर्यटकीय गन्तव्य घुमाइनेछ ।

उनीहरुका कारण नेपालमा भारतीय पर्यटक आउने भएकाले यसपटक सबैसँग सहकार्य गरेर भारतीय टूर अपरेटरलाई महत्वपूर्ण गन्तव्यमा लैजाने प्रयास हुनेछ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पर्यटन व्यवसायीको मुख्य सहभागिता रहने मार्टमा काठमाडौँसहित सातै प्रदेशका पर्यटन व्यवसायी भेला हुनेछन् ।

कर्णाली र सुदूरपश्चिमका पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने मुख्य थलोका रुपमा परिचित मार्टमा यसपटक स्थानीय संस्कृति, टूर प्याकेज र कर्णाली तथा सुदूरपश्चिमका पहाडी तथा हिमाली जिल्लामा पनि पर्यटक आकर्षण गर्ने मुख्य उद्धेश्य छ ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ८ : ५० बजे

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया

तेहरान– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले