टी-२० क्रिकेट : जनकपुरद्वारा लुम्बिनी पराजित  « Khabarhub

टी-२० क्रिकेट : जनकपुरद्वारा लुम्बिनी पराजित 


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पहिलो संस्करणको नेपाल टी-ट्वान्टी क्रिकेट लिगमा जनकपुर रोयल्सले लुम्बिनी अल स्टारलाई पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा जनकपुरले लुम्बिनीलाई २३ रनले पराजित गर्दै क्वालिफायरमा प्रवेश गरेको हो । दुवै टोलीको लिग चरणको खेल समाप्त भएसँगै दुवै टोली क्वालिफायरमा पुगेका हुन् । लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा र जनकपुर अंक तालिकाको दोस्रो स्थानमा रहँदै क्वालिफायरमा पुग्न सफल भए । 

जितका लागि एक सय ६० रनको लक्ष्य पछ्याएको लुम्बिनीले १७ ओभरमा सात विकेट गुमाएर एक सय ३६ रन मात्र बनाउन सक्यो । लुम्बिनीका लागि अनिल शाहले ३५ रन बनाउँदा लाहिरु मिलन्थाले ३२ रन बनाए । त्यस्तै सुनिल धमलाले २७ रन जोडे भने गुलशन झाले अविजित १० रन बनाए । 

जनकपुरका कप्तान ट्राभोन ग्रिफिथले तीन विकेट लिए भने समिउल्लाह शिनवारीले दुई विकेट झारे । त्यसअघि पहिले टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले १७ ओभरमा छ विकेट गुमाएर एक सय ५९ रन बनायो । जनकपुरका कप्तान ट्राभोन ग्रिफिथले ११ बलमा अविजित ४७ रनको योगदान दिए । 

त्यस्तै शरफुदिन असरफले ३४ रन बनाए भने खडक बोहोराले २२ तथा शमिउल्लाह शिनवारीले २० रन बनाए । लुम्बिनीका लागि सागर ढकाल र कप्तान कुशल भुर्तेलले समान दुई-दुई विकेट लिए भने प्याट ब्राउन र इशान पाण्डेले समान एक-एक विकेट लिए ।

दश खेल खेलेको लुम्बिनीले आठमा जित तथा दुई  खेलमा हार बेहोरेको छ । लुम्बिनी १६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । त्यस्तै समान १० खेलमा सात जित र तीन हारसहित जनकपुर १४ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा रह्यो ।

अब फाइनलमा पुग्न लुम्बिनी र जनकपुरले आइतबार हुने पहिलो क्वालिफायर खेल खेल्नेछन् । प्रतियोगिताको विजेताले रु ५५ लाख तथा उपविजेताले ३० लाख प्राप्त गर्नेछन् । 

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  १ : ३७ बजे

चाडपर्व नजिकिँदै गर्दा मूल्यवृद्धि नियन्त्रणमा सरकार असफल भएको एमालेको आरोप

काठमाडौँ – नेकपा (एमाले) ले चाडपर्व नजिकिँदै गर्दा दैनिक उपभोग्य

वित्तीय समावेशीकरण र पहुँच विस्तारका लागि राष्ट्र बैंकले गर्‍यो फिनटेक रणनीति सार्वजनिक

काठमाडौँ – नेपालमा डिजिटल वित्तीय सेवाको दायरा फराकिलो बनाउँदै वित्तीय

विपत् व्यवस्थापनमा भोटेकोशी बाढीले पढाएको पाठ

भनिन्छ– प्राकृतिक विपत्ति कहिल्यै निम्तो दिएर आउँदैन। बाढी, पहिरो, चट्याङ,

आर्सनलका युवा प्रतिभा डोउम्यानको दुई गोलमा आर्सनलको जित

काठमाडौँ – १६ वर्षीय युवा खेलाडी म्याक्स डोउम्यानको दुई गोलमद्दतमा

अनुदानले व्यावसायिक पशुपालनमा वृद्धि

कास्की– कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकबाट मात्र दैनिक तीन हजार लिटर