हुम्लाको स्वास्थ्यचौकीलाई ल्यापटप सहयोग | Khabarhub Khabarhub

हुम्लाको स्वास्थ्यचौकीलाई ल्यापटप सहयोग


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

सिमकोट– हुम्लाको सदरमुकामस्थित सिमकोट गाउँपालिकाको स्वास्थ्य शाखाले मातहातमाका स्वास्थ्यचौकीलाई ल्यापटप र ट्याब उपलब्ध गराएको  छ । ल्यापटप र ट्याबको प्रयोगबाट स्वास्थ्यचौकीबाट प्रदान हुने सबै सेवामा रिपोर्टिङ गर्न सहज हुने  सिमकोट गाउँपालिका-७ डाँडाफया स्वास्थ्यचौकीका संयोजक सन्तोष बोहराले बताए । 

स्वास्थ्यचौकीबाट प्रदान हुने सबै प्रकारका सेवाको रिपोर्टिङ अनलाइनबाट गर्नुपर्ने भएकाले ल्यापटप अनिवार्य भएका बेला स्वास्थ्यचौकीलाई यी सामान उपलब्ध हुँदा अब जतिबेला र जुन स्थानबाट पनि रिपोर्टिङ गर्न सकिने उनको भनाइ थियो । उक्त स्वास्थ्यचौकीले एक-एक थान ल्यापटप र ट्याब पाएको गाउँपालिका स्वास्थ्य संयोजक नर भण्डारीले बताए। स्वास्थ्यचौकीले आफ्नो प्रगति विवरण कम्प्युटरमा प्रविष्ट गरेर अनलाइनबाट रिपोर्टिङ गर्नुपर्ने भएकाले स्वास्थ्यचौकीका संयोजकलाई ल्यापटप र ट्याबलेट उपलब्ध गराइएको उनले जानकारी दिए।

पालिकामा रहेका ठेहे, बरगाउँ, डाँडाफयास्याँडा स्वास्थ्यचौकीलाई आठवटा ल्यापटप र ट्याब प्रदान गरिएको हो । यसअघि ल्यापटप नहुँदा दैनिक तथा मासिक रिपोर्टिङ गर्न स्वास्थ्यचौकीलाई कठिन हुँदै आएको  थियो । उक्त गाउँपालिकाका सबै स्वास्थ्यचौकीमा इन्टरनेट सेवासमेत जडान भइसकेको छ । 

त्यसैगरी, स्वास्थ्य शाखाले १३ नर्सिङका स्वास्थ्यकर्मीलाई एक एक थान, झोला र टचलाइट पनि प्रदान गरेको थियो । 

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ३ : २८ बजे

नागरिकलाई नियन्त्रण गर्नेभन्दा सचेत बनाउनुपर्छ : महामन्त्री थापा

पाटन – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले डिजिटल माध्यमको दुरुपयोग

राधाकृष्ण रथयात्रा मुलुकको गौरव : मुख्यमन्त्री कार्की

मोरङ– कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरको राधाकृष्ण रथयात्रा

लालीगुराँस बचत सहकारीका व्यवस्थापक पक्राउ

तानसेन– लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक विष्णुबहादुर बमरेल

व्यवस्थापन परीक्षणको कार्यान्वयनलाई प्रभावकारी बनाउन मन्त्री न्यौपानेको निर्देशन

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेले सङ्घीय, प्रदेश