‘युरोपमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम गर्छु’ « Khabarhub

स्वीट्जरल्याण्डका लागि सद्भावना दूत फुञ्जो भन्छिन्ः

‘युरोपमा नेपालको पर्यटन प्रवर्द्धन कार्यक्रम गर्छु’


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : स्वीट्जरल्याण्डका लागि सद्भावना दूत फुञ्जो लामाले नेपालको पर्यटन प्रवर्द्धनका लागि युरोपमा कार्यक्रम गर्ने बताएकी छन् । पर्यटन मन्त्रालयबाट स्वीट्जरल्याण्डका लागि सद्भावना दूत नियूक्त भएपछि उनले खबरहबसँगको कुराकानीमा चाँडै स्वीट्जरल्याण्ड लगायत युरोपमै विशेष कार्यक्रम गर्ने योजना बनाइरहेको बताएकी हुन् ।

उनी पटक पटक गरी ३० पटकभन्दा बढी युरोप पुगेकी छन् । उनी लामो समय युरोप बसेपनि नेपालको हिमाल आरोहण दलमा सलंग्न भएर आधा दर्जन हिमालको आरोहण गरेकी छन् । उनले सबैभन्दा छिटो महिलाका रुपमा सगरमाथा आरोहण गरेर कीर्तिमान बनाएकी छन् ।

३९ घण्टामै सगरमाथा आरोहण गरेकी उनी स्वीट्जरल्याण्डका लागि सद्भावना दूत बनेपछि खुशी भएकी छन् । लामो समय नेपालको हिमाल आरोहणमा पथप्रदर्शक भएकी उनले हिमाल यात्राको थालनी भने गोरखाबाटै हेलिकोप्टरमा झुण्डिएर उद्धार गर्ने कामबाट सुरु गरेकी हुन् ।

त्यसपछि उनी यसबारे तालिम लिन युरोप पुगेकी थिइन् । आधा दर्जन हिमाल आरोहण गरेकी लामाले नेपालको हिमाल पर्यटनकी लामो अनुभव बोकेकी गहिरो अध्येता हुन् । जलवायु परिवर्तनले गर्दा नेपालका हिमाल ठूलो जोखिममा परेको भन्दै उनले भविष्यमा ठूलै प्रकोप निम्तन सक्ने भन्दै चिन्ता व्यक्त गरिन् ।

आगामी दिनमा नयाँ पुस्ता र विद्यालय शिक्षादेखि नै नेपालको हिमाल संरक्षणका लागि सरकारले विशेष पहल गर्नुपर्नेमा उनले जोड दिइन् । नेपालको पर्यटन प्रवर्द्धन, पर्यटनको गुणस्तर कायम राख्न र युरोप लगायतका देशमा प्रवर्द्धनका कार्यक्रम गर्न अरु संस्था र व्यक्तित्वसँग पनि सहकार्य गर्ने दूत लामाको भनाई छ ।

‘नेपालको पर्यटन प्रवर्द्धनका लागि विभिन्न भेटघाट र छलफल गरिरहेकी छु’ उनले खबरहबसँग भनिन्, ‘स्वीट्जरल्याण्डसँगै युरोपभर नेपालको पर्यटकीय क्षेत्रको प्रचार प्रसारका लागि कार्यक्रम गर्ने योजना बनाइरहेकी छु ।’

उनले आफूलाई सद्भावना दूत नियुक्त गरेकामा सरकारप्रति आभार व्यक्त गरिन् । अब पर्यटनमा केही गर्ने जिम्मेवारी बढेको भन्दै उनले एक्लैभन्दा समूहमा काम गर्ने सोच पलाएको समेत बताइन् ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  ७ : ४० बजे

दक्षिण अफ्रिकाको बारमा गोली हानाहान, १८ जनाको मृत्यु

एजेन्सी– दक्षिण अफ्रिकाको एउटा बारमा भएको सामूहिक गोलीबारीमा थप एक

दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

काठमाडौं- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन थुनामा राखेर अनुसन्धान

पृथ्वी राजमार्ग अवरुद्ध हुँदा कलंकीदेखि बल्खुसम्म ट्रकको लाइन (तस्बिरहरू)

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ट्रकका लाइन लागेका छन्

अध्ययन बिदापछि सेवा नफर्कने त्रिविका शिक्षक-कर्मचारीबाट १६ करोड ५० लाख असुल

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले अध्ययन बिदा लिएपछि विश्वविद्यालयको नियमानुसार सेवामा नफर्किएका

अमेरिकासँग तत्काल वार्ता गर्ने योजना छैन : इरानी मिडिया

तेहरान– संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन अमेरिका पुगेको इरानी प्रतिनिधिमण्डलले