१६ वर्षअघिको गौर घटना : उपेन्द्र यादवसहित १३० जनाविरुद्ध अनुसन्धान गर्न सिफारिश « Khabarhub

१६ वर्षअघिको गौर घटना : उपेन्द्र यादवसहित १३० जनाविरुद्ध अनुसन्धान गर्न सिफारिश


२२ पुस २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय मानव अधिकार आयोगले १६ वर्षअघि रौतहटको गौरमा भएको घटनामा दोषी रहेको भन्दै १३० जनाविरुद्ध मुद्धा चलाउन सिफारिश गरेको छ ।आयोगको पुस १९ गते बसेको बैठकले नता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवसहित १३० जनामाथि अनुसन्धान गरि मुद्दा चलाउन सिफारिश गरेको हो ।

२०६३ चैत ७ गते रौतहटको गौरमा तत्कालीन नेकपा (माओवादी) र मधेशी जनअधिकार फोरमले आमसभाको आयोजना गरेका थिए। दुवै पार्टीले आमसभा आयोजना गरेपछि झडप भएको थियो।

झडपका क्रममा माओवादीका २७ जना कार्यकर्ताको ज्यान गएको थियो। झडपमा ११५ जना घाइते भएका थिए।मृतका आफन्तले घटनामा संलग्न रहेका व्यक्तिहरु विरुद्ध प्रहरीमा उजुरी दिएको थियो।

१६ वर्ष बितिसक्दा पनि दोषीमाथि कारबाही हुन नसकेको जनाउँदै मानव अधिकार आयोगले पीडित परिवारलाई न्याय दिन सरकारलाई निर्देशन दिएको हो।

आयोगको निर्णयमा भनिएको छ, उल्लेखित व्यक्तिहरु उपर तत्काल अनुसन्धान तहकीकात गरी दोषी देखिएका व्यक्तिहरु उपर अभियोग दर्ता गराउने कार्य गरी सो को जानकारी यस आयोगलाई गराउन र प्रत्येक तीन तीन महीनामा आयोग समक्ष प्रगति प्रतिवेदन पठाउन। साथै आयोगले पीडित परिवारलाई जनही तीन लाख क्षतिपूर्ति दिन पनि सिफारिश गरेको छ।

प्रकाशित मिति : २२ पुस २०७९, शुक्रबार  १० : २५ बजे

मधेस प्रदेशका ३४ स्थानीय तहमा करदाता सेवा विस्तार

जनकपुरधाम– मधेस प्रदेशका ३४ स्थानीय तहहरूमा करदाता सेवा विस्तार भएको

सुनचाँदीको मूल्य सामान्य वृद्धि

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य सामान्य वृद्धि भएको छ ।

लेदो प्रशोधन केन्द्र अपेक्षाअनुसार सञ्चालन भएन

झापा– मेचीनगर नगरपालिकाले करोडौँ रुपैयाँको लगानीमा निर्माण गरेका दुईवटा दिसाजन्य

मधेसमा ‘बफर’ कोटाको रसायनिक मल वितरण सुरु

जनकपुरधाम– कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधाम धनुषाले मधेस प्रदेश सरकारद्वारा

सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान कार्यविधि कार्यान्वयनमा

काठमाडौँ– सरकारले सहुलियतपूर्ण कर्जामा प्रदान गरिँदै आएको ब्याज अनुदानसम्बन्धी कार्यविधिलाई