सिमसार क्षेत्रका किसानलाई चैते धान लगाउन चटारो | Khabarhub Khabarhub

सिमसार क्षेत्रका किसानलाई चैते धान लगाउन चटारो


२३ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

मध्यबिन्दु– नवलपरासी(बर्दघाट सुस्तापूर्व) मा सिँचाइको सुविधा पर्याप्त भएका सिमसार क्षेत्रका किसानलाई अहिले हिउँदे(चैते) धान लगाउन चटारो भएको छ । कावासोती, गैँडाकोट, देवचुली, मध्यबिन्दु नगरपालिका तथा वियनी त्रिवेणी, बुलिङटार र बौद्धिकाली गाउँपालिकामा हिउँदे धान खेती हुने क्षेत्र हुन् । सो क्षेत्रका किसानलाई अहिले अर्मपर्म गरेर धान लगाउन चटारो भएको हो ।

बर्खे धानको तुलनामा चैते धानको उत्पादन राम्रो हुने कृषि ज्ञान केन्द्र नवलपुरले जनाएको छ । केन्द्रका प्रमुख गोपाल लामिछानेका अनुसार बर्खे धान प्रतिहेक्टर ३ टनभन्दा बढी उत्पादन हुन्छ भने चैते धान प्रतिहेक्टर ३ देखि ४ टनसम्म उत्पादन हुने गर्दछ ।

खाद्यान्न अभावको परिपूर्तिका लागि चैते धान उत्पादन बढाउनु राम्रो उपाय भएकाले नवलपरासीमा यसको उत्पादन विस्तार गरिदै लगेको लामिछानेले बताए । ‘चैते धानमा रोग तथा कीरा पनि नलाग्ने भएकाले खेती गर्न सहज छ । यसको उत्पादन वर्षाको समय हुने भएकाले बाली स्याहार्ने बेला किसानले सजकता भने अपनाउनु पर्छ’, उनले भने ।

गत वर्ष १२ सय १० हेक्टर क्षेत्रफलमा चैते धान रोपाइँ हुँदा छ हजार १२३ मेट्रिक टन उत्पादन भएको केन्द्रका सूचना अधिकारी शंकर पौडेलले बताए। आर्थिक वर्ष २०७७-७८ मा सात सय हेक्टर क्षेत्रफलमा तीन हजार तीन सय ६० मेट्रिक टन उत्पादन भएको थियो । 

‘चैतेधानको क्षेत्रफल र उत्पादन दुवै वृद्धि भइरहेको छ । लगानी र उद्देश्यअनुसारको उत्पादन भने अझै हुन सकेको छैन’, सूचना अधिकारी पौडेलले भने । क्षेत्रफल र उत्पादन अझ बढाउन सके अन्यत्र धान निर्यात गर्न सकिने उनको भनाइ थियो ।

सूचना अधिकारी पौडेलका अनुसार धान ब्लक कार्यक्रममा कृषि ज्ञान केन्द्रले सिँचाइ सुविधा तथा कृषिमा यान्त्रिकीकरणका लागि अनुदान प्रदान गरेको छ । चैतेधानका रूपमा चैत ५, हर्दिनाथ-१ सहित स्थानीय जातको धान रोप्ने गरिन्छ ।

 गैँडाकोटको ११ र १२, कावासोतीको ९ देखि १७ वडामा चैते धानको उत्पादन बढी हुन्छ । उत्पादित चैतेधान कृषकले नै बिक्री गर्छन् ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  १ : ५८ बजे

जेन–जी प्रदर्शनकारीलाई उक्साएको आरोपमा फलेवासका वडाध्यक्ष पक्राउ

पर्वत – पर्वत फलेबास नगरपालिका–४ का वडाध्यक्ष अच्युत तिवारीलाई प्रहरीले

राष्ट्रिय बाल दिवसमा दीप प्रज्वलन, आन्दोलनमा ज्यान गुमाएका बालबालिकाप्रति श्रद्धाञ्जली

काठमाडौं – राष्ट्रिय बाल दिवस २०८२ को अवसरमा आइतबार काठमाडौंको

जेन-जीका नाममा ध्वस्त एमाले कार्यालयमा टाँगियो ओलीबिनाको ब्यानर

काठमाडौँ- जेन-जी आन्दोलनका ध्वस्त पारिएको नेकपा एमालेको च्यासलस्थित कार्यालयमा अध्यक्ष

नाइजेरियामा बस दुर्घटना हुँदा १९ महिला र बालबालिकाको मृत्यु

नाइजेरिया – नाइजेरियाको उत्तरी क्षेत्रमा विवाहमा सहभागी भई फर्किएको ‘जन्ती