हवाइ मार्गबाट खाद्यान्न ढुवानीमा ढिलाइ « Khabarhub

हवाइ मार्गबाट खाद्यान्न ढुवानीमा ढिलाइ


२३ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- हवाई मार्गबाट खाद्यान्न गर्ने जिम्मेवारी लिएका निजी क्षेत्रका हवाइ कम्पनीले समयमै चामल ढुवानी नगर्दा हुम्लामा समस्या भएको छ । स्थल मार्गसँगै हवाइ मार्गबाट हुम्लामा खाद्यान्न ढुवानी गर्न सात महिनाअघि सम्झौता भएको थियो ।

समिट र ताराले यहाँको खाद्यान्न ढुवानीको जिम्मेवारी लिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी हुम्लाका  निमित्त कार्यालय प्रमुख नवीन आचार्यले बताए । आथिर्क वर्ष सुरु भएको सात महिना पुगे पनि खाद्यान्न ढुवानी सुस्त गतिमा भइरहेको उनको भनाई छ । 

यस वर्ष हवाई तथा पैदल मार्गबाट खाद्य कम्पनीको हुम्ला शाखाका लागि १२ हजार क्विन्टल खाद्यान्न कोटा निर्धारण गरिएको छ । हालसम्म पैदल तथा हवाई मार्गबाट ५ हजार ४४५ क्विन्टल खाद्यान्न मात्र ढुवानी भएको कार्यालयले जनाएको छ ।  

सुर्खेतबाट हवाई मार्ग हुँदै ६ हजार क्विन्टल खाद्यान्न ढुवानीको जिम्मा समिट एयरले पाएकोमा हालसम्म ३ हजार ८७२.२० क्विन्टल ढुवानी गरेको उनले जानकारी दिए । 

यस्तै, नेपालगञ्जदेखि २ हजार क्विन्टल तारा एयरले ढुवानीको जिम्मा पाएकोमा हालसम्म एक हजार ४६३.३० क्विन्टल मात्रै आइपुगेको छ। त्यसैगरी पैदल मार्गबाट ४ हजार क्विन्टल खाद्यान्न ढुवानीको व्यवस्था भए पनि राजापुरबाट ६०.९० र सुर्खेतबाट ४१.४० क्विन्टल खाद्यान्न ढुवानी भएको छ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ३ : ०६ बजे

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार

गण्डकी– रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी

युरोपेली सङ्घद्वारा रूसी न्यायपालिकाका सदस्यमाथि प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घ (इयु) ले सोमबार रुसी न्यायपालिकाका दुई सदस्यमाथि

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै