बर्दघाटमा स्रोतमै वर्गीकरण गरेर फोहर संकलन सुरु « Khabarhub

बर्दघाटमा स्रोतमै वर्गीकरण गरेर फोहर संकलन सुरु


२३ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– सात पालिका रहेको नवलपरासी (बर्दघाट-सुस्ता पश्चिम) को बर्दघाट नगरपालिकाले पहिलो पटक स्रोतमै वर्गीकरण गरेर फोहर संकलन गर्ने कार्य थालनी गरेको छ । स्रोतमै फोहोर वर्गीकरण गरेर संकलन गर्ने कार्यको थालनी गरिएको हो  ।

नगरपालिकाले ३० बुँदे कार्ययोजनाअन्तर्गत कुहिने नकुहिने र शिशाजन्य गरेर तीन प्रकारका फोहरलाई छुट्टाछुट्टै संकलन गर्ने व्यवस्था मिलाइएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए । नगर क्षेत्रबाट उत्पादन हुने फोहरको स्रोतबाट नै वर्गीकरण गरेर उचित व्यवस्थापन गर्ने तयारी गरिरहँदा कोही कसैले आनाकानी तथा आलटाल गरे र अवरोध गरे तत्काल नगरबाट दिने सेवा बन्द गर्ने नगरपालिकाले जनाएको छ ।

नेपालको संविधानले प्रदान गरेको स्थानीय तहको अधिकारलाई प्रयोग गर्दै फोहरमैला व्यवस्थापन कार्यान्वयनका लागि अभियान सुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताए । प्रचलित कानुनबमोजिम रु पाँच हजारदेखि रु एक लाखसम्म जरिवाना गर्नेगरी अभियानलाई अघि बढाइएको छ । यसैबीच बर्दघाट-४ को जङ्गल क्षेत्रमा ल्यान्डफिलसाइट समेत बनाउने गरी कार्य थालनी गरिएको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख श्रेष्ठले नगरसभा र नगर कार्यपालिकाबाट नै नीतिगत निर्णय गरेर आवश्यक कार्यविधि तथा कानुन बनाएर फोहर वर्गीकरण अभियानमा लागेको बताए। नगरपालिकाले फोहर व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । 

फोहर संकलनको जिम्मा पाएको बर्दघाट बजार विकास समितिले २२ टोलबाट संकलन गरेको फोहर अहिले वर्गीकृत भएर प्रशोधन स्थलमा पुग्ने गरेपछि फोहरको चापसमेत घट्दै गएको छ । 

 

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  ३ : १९ बजे

लेकुडा गाउँमा बिजुलीका खम्बा पुगे, पुगेन बिजुली

अमरगढी– भागेश्वर गाउँपालिकाको लेकुडा गाउँमा सयौँ घरपरिवार वर्षौँदेखि बिजुलीको प्रतीक्षामा

उच्च स्तरीय राजनीतिक वार्ता समिति एमाले कार्यालयमा

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिले नेकपा एमालेको केन्द्रीय पार्टी

व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार

गण्डकी– रोजगारीका लागि युवाहरू विदेश पलायन भइरहेका बेला तनहुँको शुक्लागण्डकी

युरोपेली सङ्घद्वारा रूसी न्यायपालिकाका सदस्यमाथि प्रतिबन्ध

एजेन्सी– युरोपेली सङ्घ (इयु) ले सोमबार रुसी न्यायपालिकाका दुई सदस्यमाथि

दोस्रो दिन पनि मिराज नेतृत्वका जेन-जी सडकमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगाना समूहले आज पनि  प्रदर्शन गर्दै