निर्माणाधीन आयोजनालाई प्राथमिकता दिन मन्त्री खानको आग्रह « Khabarhub

निर्माणाधीन आयोजनालाई प्राथमिकता दिन मन्त्री खानको आग्रह


२३ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – खानेपानीमन्त्री अब्दुल खानले नयाँ योजना थालनीभन्दा निर्माणाधीन आयोजनालाई प्राथमिकता दिन आग्रह गरेका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहको नेतृत्वको टोलीले आज मन्त्रालयमा गरेको भेटमा उनले निर्माणाधीन आयोजनामा राज्यको धेरै लगानी भइसकेको भन्दै त्यस्ता आयोजनालाई प्राथमिकता दिन आग्रह गरेका हुन् ।

“निर्माणाधीन आयोजनामा राज्यको धेरै लगानी भइसक्ने भएकाले त्यस्ता आयोजना सम्पन्न नगरी नयाँ आयोजना अघि बढाउन हुँदैन”, उनले भने । मन्त्री खानले निर्माण कार्यलाई सहज बनाउन कानूनी प्रक्रिया सहज बनाउने तयारीमा सरकार जुटेको बताए ।

महासङ्घका अध्यक्ष सिंहले निरन्तरको मूल्यवृद्धिका कारण थलिएको निर्माण उद्योगलाई चलायमान बनाउन सार्वजनिक खरिद ऐन तथा नियमावलीमा व्यवस्था भएबमोजिम २० प्रतिशत मोबिलाइजेसन पेश्की व्यवसायीले पाउनुपर्ने बताए । उनले ऐनमा व्यवस्था भएको रकम नपाउँदा व्यवसायीहरूले ठूलो आर्थिक मार खेप्नुपरेको मन्त्रीसमक्ष बताएका थिए ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  १० : ५४ बजे

उद्धार कार्यमा राज्य र सरकार अझ जिम्मेवार बन्नुपर्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

खर्ग टापु क्षेत्रमा विस्फोट : इरानी मिडिया

तेहरान- संयुक्त राज्य अमेरिका र इरानबीचको तनाव उत्कर्षमा पुगेको केही

सुरुङभित्र उद्धारका लागि स्विट्जरल्यान्डले दियो अत्याधुनिक ड्रोन

काठमाडौं- जलविद्युत् आयोजना तथा अन्य जोखिमपूर्ण क्षेत्रमा रहेका सुरुङभित्र खोज

उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीलाई सलाम !

काठमाडौं– नेपाली सेनाको नेतृत्वमा जारी खोज तथा उद्धारका क्रममा स्थानीय

भोटेकोशी बाढी : रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा– भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो क्षति