निर्माणाधीन आयोजनालाई प्राथमिकता दिन मन्त्री खानको आग्रह « Khabarhub

निर्माणाधीन आयोजनालाई प्राथमिकता दिन मन्त्री खानको आग्रह


२३ माघ २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – खानेपानीमन्त्री अब्दुल खानले नयाँ योजना थालनीभन्दा निर्माणाधीन आयोजनालाई प्राथमिकता दिन आग्रह गरेका छन् । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहको नेतृत्वको टोलीले आज मन्त्रालयमा गरेको भेटमा उनले निर्माणाधीन आयोजनामा राज्यको धेरै लगानी भइसकेको भन्दै त्यस्ता आयोजनालाई प्राथमिकता दिन आग्रह गरेका हुन् ।

“निर्माणाधीन आयोजनामा राज्यको धेरै लगानी भइसक्ने भएकाले त्यस्ता आयोजना सम्पन्न नगरी नयाँ आयोजना अघि बढाउन हुँदैन”, उनले भने । मन्त्री खानले निर्माण कार्यलाई सहज बनाउन कानूनी प्रक्रिया सहज बनाउने तयारीमा सरकार जुटेको बताए ।

महासङ्घका अध्यक्ष सिंहले निरन्तरको मूल्यवृद्धिका कारण थलिएको निर्माण उद्योगलाई चलायमान बनाउन सार्वजनिक खरिद ऐन तथा नियमावलीमा व्यवस्था भएबमोजिम २० प्रतिशत मोबिलाइजेसन पेश्की व्यवसायीले पाउनुपर्ने बताए । उनले ऐनमा व्यवस्था भएको रकम नपाउँदा व्यवसायीहरूले ठूलो आर्थिक मार खेप्नुपरेको मन्त्रीसमक्ष बताएका थिए ।

प्रकाशित मिति : २३ माघ २०७९, सोमबार  १० : ५४ बजे

कमल थापाको नाम काठमाडौं-५ र बाँके-२ बाट सिफारिस

काठमाडौं– आउँदो फागुन २१ गते हुने निर्वाचनमा राप्रपा नेपालका अध्यक्ष

गृहमन्त्री अर्याल सुर्खेतमा

कर्णाली– गृहमन्त्री ओमप्रकाश अर्याल आज सुर्खेत आइपुगेका छन् । बुधबार

‘धुरन्धर’ बन्यो रणवीर सिंहको करियरकै सबैभन्दा सफल फिल्म

काठमाडौँ — बलिउड अभिनेता रणवीर सिंहको पछिल्लो फिल्म ‘धुरन्धर’ प्रदर्शनको

राष्ट्रपतिसँग जदूत छन सङको बिदाइ भेट

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि चीनका राजदूत छन सङले

रमेश लेखकलाई बयानमा बोलायो आयोगले, केपी ओलीलाई बाँकी

काठमाडौं- गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनका क्रममा