आईसीसी विश्वकप लिग-२ : यूएईसँग अन्तिम खेल खेल्दै नेपाल « Khabarhub

आईसीसी विश्वकप लिग-२ : यूएईसँग अन्तिम खेल खेल्दै नेपाल


२२ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा आज नेपालले यूएईको सामना गर्दैछ।

दुबई इन्टरनेसनल स्टेडियममा नेपालले घरेलु टोली यूएईसँग हुने खेल नेपाली समयअनुसार बिहान ११:४५ बजेबाट सुरु हुनेछ।

नेपाल र यूएईले एक अर्काविरुद्ध खेल्दा दुबैको लिग–२ मा समान ३२ औं खेल हुनेछ। आजको खेलमा यूएईविरुद्ध जित हात पारे नेपाल लिग-२ को पाँचौ स्थानमा उक्लिने छ।

सिरिजको तेस्रो खेलमा आइतबार यूएई पपुवा न्यूगिनीसँग पराजित भएपछि युएई ३१ खेलबाट ३१ अंकमै सीमित हुनु परेको थियो।

अंक तालिका अनुसार यूएई पाँचौ तथा नेपाल चौथो स्थानमा रहेका छन्। आजको खेलमा जित हात पारे नेपाल ३२ अंकसहित पाँचौ स्थानमा उक्लिनेछ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ६ : ४८ बजे

दुई हजारभन्दा बढी यमनी व्यक्ति शरण माग्दै जिबुटीमा

एडिस अबाबा – यमनमा इरान–समर्थित हुथी लडाकु र साउदी–समर्थित सरकारबीचको

एक करोड ३९ लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौं – सुनजस्तो पहेँलो धातु देखाई रु एक करोड ३९

कन्काइ नगर अस्पताललाई स्वास्थ्य उपकरण प्रदान

झापा– कन्काइ नगर अस्पताललाई अन्तरराष्ट्रिय झापाली समाजले ३० लाख रुपैयाँ बराबरका

‘बेहुली’ : दिमाग घरमै छोडेर हेर्न जानुपर्ने फिल्म !

काठमाडौं- एक युवाले आफ्नी प्रेमिकालाई मण्डपबाटै भगाउँछ । पछि थाहा