आईसीसी विश्वकप लिग-२ : यूएईसँग अन्तिम खेल खेल्दै नेपाल | Khabarhub Khabarhub

आईसीसी विश्वकप लिग-२ : यूएईसँग अन्तिम खेल खेल्दै नेपाल


२२ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – जारी आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा आज नेपालले यूएईको सामना गर्दैछ।

दुबई इन्टरनेसनल स्टेडियममा नेपालले घरेलु टोली यूएईसँग हुने खेल नेपाली समयअनुसार बिहान ११:४५ बजेबाट सुरु हुनेछ।

नेपाल र यूएईले एक अर्काविरुद्ध खेल्दा दुबैको लिग–२ मा समान ३२ औं खेल हुनेछ। आजको खेलमा यूएईविरुद्ध जित हात पारे नेपाल लिग-२ को पाँचौ स्थानमा उक्लिने छ।

सिरिजको तेस्रो खेलमा आइतबार यूएई पपुवा न्यूगिनीसँग पराजित भएपछि युएई ३१ खेलबाट ३१ अंकमै सीमित हुनु परेको थियो।

अंक तालिका अनुसार यूएई पाँचौ तथा नेपाल चौथो स्थानमा रहेका छन्। आजको खेलमा जित हात पारे नेपाल ३२ अंकसहित पाँचौ स्थानमा उक्लिनेछ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ६ : ४८ बजे

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– सङ्घीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

आज तीजको दर खाने दिन

काठमाडौं – नेपाली हिन्दु महिलाले मनाउने चाड तीज अन्तर्गत सोमबार

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ ९ गते सोमबार। भाद्र

आज २०८२ साल भदौ ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ९ गते सोमबार। भाद्र