स्थानीयले रोके कालोपत्रेको काम « Khabarhub

स्थानीयले रोके कालोपत्रेको काम


२२ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

रेसुङ्गा – सडक कालोपत्रे गुणस्तरीय नभएको भन्दै स्थानीयले काम रोकेका छन् । गुल्मीको सदरमुकाम तम्घासबाट रेसुङ्गा जाने सडक कालोपत्रे गर्ने क्रममा कम गुणस्तरको भएको दाबी गर्दै स्थानीयले काम रोकेका हुन् ।

तम्घास–रेसुङ्गा सडकमा दुवैतर्फबाट आवतजावत पूर्णरुपमा बन्द गरी निर्माण व्यवसायीले कालोपत्रे गरिरहेका थिए । तर स्थानीयले भने सम्झौता अनुसार काम नगरेको भन्दै रोक लगाइएको स्थानीय प्रकाश भलामीले बताए।

“मापदण्डअनुसार काम भएको छैन”, उनले भने, “कालोपत्रे उप्किएर गिट्टी माटो देखिन्छ ।” उनले आफूहरु निर्माणस्थलमै पुगेर काम रोकेको र गुणस्तरीय काम गर्ने सम्झौता भएपछि मात्रै काम सुरु गर्न दिने सुनाए।

स्थानीय नीरज मरासिनीले व्यवसायीले दुवैतर्फको आवतजावत ठप्प गरी काम गर्नु स्वार्थपूर्ण भएको दाबी गरेका छन् । “एकतर्फी खुल्ला राख्दै पालैपालो सडक निर्माण गर्नुपर्ने हो तर कमसल सडक निर्माण गर्ने नियतले दुवैतर्फ सडक बन्द गरेको देखिन्छ”, उनले भने, “सम्झौताअनुसार गुणस्तरीय काम हुने सुनिश्चित भएपछि मात्रै काम सुरु हुन्छ ।”

तम्घास-रेसुङ्गा नामाकरण भई विसं २०७४ असार ३० गते सडक पूर्वाधार विकास कार्यालय गुल्मी र आशीष शेर्पा रामेछाप जेभीअन्तर्गत रामेछाप शेर्पा कन्ट्रक्सन प्रालिबीच निर्माणको सम्झौता भएको थियो।

सडक पूर्वाधार विकास कार्यालय तम्घासका प्रमुख इन्जिनियर सचितानन्द चौधरीका अनुसार आयोजनाको अवधि पछिल्लो पटक म्याद थप गरी आगामी जेठमा पुर्‍याइएको छ भने यसका लागि कूल रु १७ करोड १८ लाखमा सम्झौता भएको छ । कालोपत्रे गुणस्तरीय भए वा नभएको विषयमा आफूहरुले अनुगमन गर्ने उनको भनाइ छ । “विवादले काम रोकिएका कारण अब सर्वपक्षीय छलफल हुन्छ”, उनले भने, “सम्झौताअनुसारको काम हुन्छ, लामो समयसम्म काम रोकिन्न ।”

निर्माण व्यवसायी बीरेन्द्र भुसालले भने आफूहरुले सम्झौता अनुसार नै काम गरिरहेको दाबी गरे । उनले ८० प्रतिशत काम सकिएको भन्दै रु १३ करोड ५२ लाख भुक्तानी लिई सक्नुभएको बताए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ११ : १५ बजे

ट्राफिक प्रहरीबाट एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख २९ गतेदेखि आजसम्म गरी

चितवनका बजारमा याक चिज उपलब्ध

चितवन– चितवनका बजारमा याक चिज उपलब्ध हुन थालेको छ ।

बलिउडको कायाकल्प गरेर अस्ताएका कलाकार

भारतीय सिनेमा र सङ्गीत उद्योगले संसारभर करोडौँ दर्शकको मन जितेको

नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरण तत्काल रोक्न चिकित्सकको माग

झापा– चिकित्सक तथा जनस्वास्थ्यकर्मीले नेपालमा आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको

विपक्षको आपत्तिबीच सुनुवाइ समितिको बैठक सकियो, १ बजे प्रस्तावित प्रधानन्यायाधीशसँग छलफल

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको सुनुवाइका लागि बसेको