पोखरामा रङसँगै रमाए विदेशी पर्यटक « Khabarhub

पोखरामा रङसँगै रमाए विदेशी पर्यटक


२२ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – डेनमार्कबाट आएकी सोफी पोखरा लेकसाइडमा निकै हर्षित देखिन्थिन। उनको अनुहारभरि रङ दलिएको थियो । सेतो टिसर्टमा सजिभएकी सोफीको कपडा पनि रङले पोतिएको थियो । नेपालको रङको पर्व निकै राम्रो लागेको उनको प्रतिक्रिया थियो । “रङ खेल्ने पर्व निकै राम्रो लाग्यो । मलाई पनि खेल्न मन लाग्यो अनि खेलिरहेको छु”, उनल भनिन्, “योभन्दा पहिला नेपाल आउँदा यस्तो रमाइलो भएको छैन । अहिले निकै खुसी छु ।”

सोफीसँगै अन्य तीन साथी थिए। उनीहरू पनि होलीमा रङसँग रमाइ रहेका थिए । उनको साथी केराङले रमाइलो गरिरहेको बताईन । नेपालको यो पर्वको बारेमा डेनमार्क फर्किएपछि अरु साथीलाई पनि सुनाउने बताईन। “पक्का पनि डेकमार्क गएपछि यसका बारेमा अरु साथीलाई भन्नेछु, उनीहरू पनि पक्का खुसी हुनेछन्”, केराङले भनिन् ।

अमेरिकाबाट पोखरा घुम्न आएका टोमेरले रङसँग रमाउँदा निकै आनन्द र खुसी लागेको प्रतिक्रिया दिए । उनले संस्कार र संस्कृतिको सम्मान गर्नसके राम्रो हुने बताए । होटल सङ्घ पोखराका महासचिव राजेन्द्र ढकालले विभिन्न देशका नागरिक एकै ठाउँमा हुने अवसर प्रदान गरेकामा खुसी व्यक्त गरे। “कोरोना महामारीपछि यो वर्ष पर्यटकको उल्लासमय उपस्थिति रह्यो । विदेशी पर्यटक एकअर्कालाई रङ दलेर आत्मियता र माया साटिरहेको हामीले पायौँ”, ढकालले भने ।

कोरोनापछि विस्तारै पर्यटकको सङ्ख्या बढ्दै गएको उनको प्रतिक्रिया थियो । समय समयमा हुने यस्तो गतिविधिले पर्यटकीय गतिविधि बढ्ने महासचिव ढकालले बताए । अहिले पोखरामा होटलको अकुपेन्सी ३० प्रतिशतको हाराहारीमा रहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  ९ : ३४ बजे

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

काठमाडौँ- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी

हारेका र उम्मेदवारी फिर्ता लिएका सचिवालयमा समेटिँदा तोसिमा, रञ्जु र सागर अटेनन्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को शुक्रबार बसेको केन्द्रीय कमिटी

कांग्रेसलाई फुट्नबाट जोगाउन देउवासमक्ष नैनसिंह महरका तीन प्रस्ताव

काठमाडौं– नेपाली कांग्रेसमा चर्किएको आन्तरिक विवाद मिलाउन युवा नेता नैनसिंह

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन