शिक्षा सुधारको अभियान : एक वडा, एक नमूना विद्यालय « Khabarhub

शिक्षा सुधारको अभियान : एक वडा, एक नमूना विद्यालय


२२ फाल्गुन २०७९, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

देउखुरी – घोराही उपमहानगरपालिकाले शैक्षिक सुधारको अभियानलाई नवीन रुपमा अघि बढाउने भएको छ । उपमहानगरपालिकाले नमूना विद्यालय पहिचान गरी ‘एक वडा, एक नमूना विद्यालय’ अभियान अघि बढाउन शुरु गरेको छ । उपमहानगरको सामाजिक विकास महाशाखाले पालिकाका १९ वटै वडाको शैक्षिक अवस्था सुधार गर्न नमूना विद्यालयका रुपमा अघि बढाउन थालेको हो ।

सामाजिक विकास महाशाखाका अधिकृत नारायणप्रसाद पौडेलका अनुसार सामुदायिक विद्यालयको शैक्षिक स्तर तल्लो तहबाट सुधार गर्दै विद्यार्थीको पनि आकर्षण बढाउन यो कार्यक्रम अघि सारिएको हो । घोराहीमा ९४ वटा सामुदायिक विद्यालय रहेका छन् । जसमा ५३ प्रावि, १५ आधारभूत र २६ वटा मावि तहका रहेका छन् ।

बालबालिकाहरुको शैक्षिक क्रियाकलाप र सिकाइ अरू भाषामा पनि गर्न सकिने भए पनि पछिल्लो समय अभिभावकहरु आफ्ना सन्ततिले अङ्ग्रेजी बोल्न र लेख्न सकून् भन्ने चाहना राख्ने हुँदा तल्लो तहबाटै अङ्ग्रेजीको बलियो जग बसाल्न पनि यो नीतिलाई अगाडि ल्याइएको शाखा अधिकृत पौडेलले बताए।

यसअघि केन्द्र सरकारले घोराही–१५ स्थित पद्मोदय पब्लिक नमूना मावि र घोराही १८ श्री मावि रझेनालाई प्रदेश सरकारले नमूना विद्यालयका रुपमा घोषणा गरी कार्यान्वयन गरिरहेका बेला स्थानीय सरकारले पनि आफ्नै पहलमा सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि हरेक वडामा एकवटा नमूना विद्यालय बनाउन विद्यालय छनोट गरी कार्यान्वयनको प्रक्रियामा अघि बढेको छ । जसअनुसार नमूना विद्यालयमा संस्थागत विद्यालय सरह नर्सरी, एलकेजी र युकेजी कक्षा अनिवार्य सञ्चालन हुने भएको छ । यसका लागि विद्यार्थीको शैक्षिक तथा संवेगात्मक विकासका लागि बसाइ व्यवस्थापन, खानेपानीको सहज उपलब्धता, पर्याप्त शैक्षिक सामग्री, शैक्षणिक क्रियाकलापको निन्तरता लगायतका काम ती विद्यालयमा हुनेछन् । अन्य सबै सामुदायिक विद्यालयमा पनि एलकेजी र युकेजी कक्षा पनि अनिवार्य रुपमा सञ्चालन गरिनेछ भने नमूना विद्यालयको असल अभ्यास अरू विद्यालयले अनुशरण गर्नेछन् ।

घोराही उपमहानगरको नगर शिक्षा समितिले गरेको अनुगमन, निरीक्षणपश्चात् विद्यालय पहिचान गरी फागुन १७ गते कार्यपालिकामा गरेको प्रस्तावका आधारमा १९ वटै वडामा एक–एकवटा नमूना विद्यालय बनाउने निर्णय गरिएको हो । नमूना विद्यालय बनाउन वडा नं १ बाट आधारभूत विद्यालय सिमलतारा, वडा नं २ बाट गौरीबबई निमुरिया, वडा नं ३ बाट सरयु आधारभूत विद्यालय भैसकुर्मा र वडा नं ४ बाट आधारभूत विद्यालय सुनपुर छनोट भएका छन् ।

यसैगरी, वडा नं ५ बाट महेन्द्र आधारभूत विद्यालय दलजीतपुर, वडा नं ६ बाट जनकल्याण प्रावि लखुवार, वडा नं ७ बाट रात्रि प्रावि शुक्रबार र वडा नं ८ बाट नेपाल राष्ट्रिय आधारभूत विद्यालय दुन्द्रालाई नमुना विद्यालय बनाइने छ । नगर कार्यपालिकाले वडा नं ९ बाट प्रावि मकुन्डाँडा अस्परी, वडा नं १० बाट नवोदय बालकल्याण आधारभूत विद्यालय दक्षिण अम्राई र वडा नं ११ बाट प्रावि शिवपुरलाई नमूना विद्यालय बनाउने गरी छनोट गरिएको छ ।

यसैगरी, वडा नं १२ बाट मावि हापुर रतनपुर, वडा नं १३ बाट बराहक्षेत्र मावि सेवार बनगाउँ, वडा नं १४ बाट बालविकास मावि घोराही र वडा नं १५ बाट सरस्वती मावि काठेकोल पनि नमूना विद्यालय बनाउने गरी छनोट भएको छ । पालिकाले वडा नं १६ बाट प्रावि सानी अम्बापुर सर्रा, वडा नं १७ बाट प्रावि भैसाही, वडा नं १८ बाट अम्बिकेश्वरी आधारभूत विद्यालय बेलघारी र वडा नं १९ बाट भगवती मावि होडवाङलाई छनोट गरी नमूना विद्यालयका रुपमा स्थापित गर्ने घोराही उपमहानगरपालिकाको लक्ष्य छ ।

घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले घोराही उपमहानगर बालमैत्री पालिका घोषणा भइसकेकाले बालबालिकाको शैक्षिकस्तर सुधार्दै सबैका लागि सहज रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्ने गरी सुधारिएको शिक्षामा जोड दिएको बताए । तल्लो तहबाटै शैक्षिक सुधारको प्रयास थालनी भएको हुँदा यसले आगामी दिनमा पालिकाको समग्र शिक्षाको स्तर अझ माथि उठ्ने उनको विश्वास छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७९, सोमबार  १० : ०६ बजे

अर्जेन्टिनीहरूका प्रिय ‘ब्याड ब्वाइ’

काठमाडौं – ‘आधुनिक फुटबलका राजा’ अर्जेन्टिनी स्टार लियोनल मेसीले विश्वकप

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ

फरार अभियुक्त १८ वर्षपछि पक्राउ

जनकपुरधाम– दाइजोको विषयलाई लिएर करिब १८ वर्षअघि महिलालाई धारिलो हतियार

आज २०८३ साल साउन २ गते शनिबारको राशिफल

काठमाडौँ– २०८३ साल साउन २ गते शनिबार सन् २०२६ जुलाई

विश्वकपमा अर्जेन्टिनाको राजनीतिक सन्देश, ‘माल्भिनास’ ब्यानरले किन मच्चायो विश्वभर बहस?

 काठमाडाैँ- विश्वकपको मैदानमा कहिलेकाहीँ एउटा गोलभन्दा पनि एउटा सन्देशले ठूलो