विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ « Khabarhub

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ


२३ जेठ २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


738
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोलुखुम्बुको लिखुपिके गाउँपालिका १ घर भई हाल काठमाडौंमा बस्दै आएका ४६ वर्षीय शेर बहादुर तामाङ र झापाको दमक नगरपालिका १० घर भई हाल काठमाडौँ बस्दै आएकी ४५ मुना देवी कार्की रहेकी छन् ।

कार्कीले उमेश श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि दुबई पठाइदिन्छु भन्दै चार लाख ५० हजार रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार तामाङले खुम बहादुर रानालाई वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भनी पाँच लाख रुपैयाँ ठगी गरेको पाइएको छ ।

उनीहरू दुवै जनालाई पक्राउ गरी थप अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २३ जेठ २०८०, मंगलबार  ७ : २२ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन